चिया पिउँदै म मग्न भएर बुद्धि सागरको उपन्यास पढिरहेको थिएँ । मेरो मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो । बेवास्ता गरे मैले । अरु बेला पनि यस्तै नोटिफिकेसनहरु आइराख्थ्यो । फेरि एकछिन पछि के सोच आयो मनमा । मोबाइल हेरेँ । मेरो इन्स्टाग्राममा कसैले फलो गरेको नोटिफिकेसन रहेछ । नाम हेरेँ । जब नाम पढेँ म झस्किए ।अनि मेरो मानसपटलमा बिगतका घटनाहरु एक एक गरी दोहोरिन थाले । फेरि पनि मेरो... विस्तृतमा