FLASH NEWS
  • Loading...

राजनितीको छायाँमा वाल संगठन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६५ पटक पढिएको
राजनितीको छायाँमा वाल संगठन

पारदर्शीताको प्रश्न उठेपछि नेपाल वाल संगठन र वालमन्दीर सम्बन्धी उच्चस्तरीय जाँचवुझ आयोग गठन भै छानविन सुरु गरेको छ ।
त्यसैविच प्रतिनिधी सभाको सामाजिक विकास समितिले पनि हालै गैहृ नाफा मुलक संस्था वाल संगठन संगठन आर्थिक रुपमा पारदर्शी नभएको र आयआर्जनको क्षेत्रमा संलग्न भएको ठहर गर्दे नेपाल सरकारको महिला, बालबालिका मन्त्रालयमा गाभ्न सरकारलाई निर्देशन दिएको छ ।
‘गृह मन्त्रालय मार्फत नेपाल वाल संगठनको विभिन्न विवरण माग भै आएकोले हामीले विवरण संकलनगरी गृह मन्त्रालय र वाल संगठन उच्चस्तरीय जाँचवुझ आयोगमा पठाएका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले भने, ‘विवरण मागेका हौं, छानवीन गरेका होईनौं ।’
अभिभावक गुमाएका अनाथ तथा वेसहारा वालबालिकालाई आश्रय दिन स्थापना गरिएको वाल संगठन म्याग्दी काँग्रेसको भातृ संगठनको रुपमा परिचालन गरेको आरोप लाग्ने गरेको छ ।

‘सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरु विसुद्ध हुनु पर्छ । नेपाल वाल संगठन काँग्रेसको भगिनी संस्थाको रुपमा कब्जा गरेको छ’ स्थतानीय सन्तोष रावलले भने, ‘वाल संगठन प्रजातान्त्रिक आचरण र पद्धति विपरित चलेको संस्था हो । यस्तै अवस्थामा यो संस्थाको औचित्य छैन ।’
विस २०२१ सालमा टुहुरा तथा असाहाय वालबालिकालाई संरक्षण प्रदान गर्ने उद्देश्यले गठन भएको गैहसरकारी संस्था हो । नेपाल बाल संगठन म्याग्दीमा २०२५ साल असार १९ गतेदेखी पञ्चायतीकालभरी जिल्ला पञ्चाएतका सभापतिको नेतृत्व र ०४६ सालको राजनैतिक परिवर्तनपछि ०४८ पुस १ गते म्याग्दी काँग्रेसका संस्थापक सभापती ओमबहादुर बोगटीको नेतृत्वबाट म्याग्दीमा बाल संगठन काँग्रेसको कब्जामा छ ।
०५० वैशाख १९ देखी २४ बर्षसम्म वाल संगठनको सभापतिमा काँग्रेसका महाँधिवेशन प्रतिनिधी नेत्रबहादुर महतलाई हस्तान्त्रण गरेका हुन । काँग्रेस उपसभापति समेत रहेका हरीकुमार श्रेष्ठले बेनी नगरपालिको मेयरमा विजयी भएपछि ०७४ सालमा महतलाई हस्तान्त्रण गरेका हुन । संगठनको उपसभाति, सचिव र कोषाध्यक्षमा काँग्रेस कार्यकर्तात्रय विजय श्रेष्ठ, ज्ञान गिरी, ज्ञानेन्द्र श्रेष्ठ छन । त्यसैगरी सदस्यहरुमा काँग्रेस उपसभापतद्धय हरीकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, महिला संघकी पूर्व अध्यक्ष तुलसीलता श्रेष्ठ, बेनी नगरसभापति अनोद श्रेष्ठ, सदस्य नैनकुमार श्रेष्ठ, नवराज पौडेल छन । वाल संगठनको कार्यसमितिमा राप्रपाका एकेन्द्र रावलबाहेक सवै काँग्रेसका नेतृत्व तहका पदाधिकारी हुन ।
‘वाल संगठनको बर्तमान नेतृत्व परम्पारको निरन्तरता हो । एउटाले राजनितीकरण गर्यो भन्दै अर्कोले राजनितीकरण गर्न खोजेको हैन भने वाल संगठनको सम्पत्ति राज्यको हो । राज्यको निती अनुसार ब्यवस्थापन हुँदा अन्यथा छैन’ नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष नेत्रबहादुर महतले भने, ‘म्याग्दीको वाल संगठनमा जानीबुझी गतल काम गरेका छैनौं । संगठन र संगठनको उद्देश्य अनुसारका काममा इमानपूर्वक काम गरेका छौं ।’
लामो समय वाल संगठनको भवन पनि नेपाली काँग्रेसले २० बर्षसम्म प्रयोग गरेको थियो । अहिले उक्त भवन भाडामा दिईएको छ । सदरमुकाम बेनीको मुटुमा एक रोपनी बढी जग्गामा ३ वटा आरसिसी भवन छन । वाल संगठनको कार्यालय रहेका भवनलाई २०२७ साल देखी वालमन्दीर नामाकरण गरिएका हुन ।
वाल मन्दीरका ३ वटा मध्य १ वटा भवन ब्यापारिक प्रयोजनमा लगाईएको छ । संगठनले भवन भाडाबाट बार्षिक ६ लाख, राहदानी फारम विक्रिबाट ३ लाख, मुद्धति ब्याजबाट ३ लाख र विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग १ लाख आम्दानी गर्र्छ । संगठनले प्रशासनसँगको मिलेमतोमा राहदानी र नागरिकताको फारम महंगो मुल्यमा विक्रि गर्दै आएकोमा गत वर्षदेखी एक्लै लाभ लिँदै आएको छ । यही आम्दानीबट संगठनको बालगृहमा आश्रित ११ जना बालबालिकाको खाना, पोसाक, कर्मचारीको तलवभत्तामा खर्च गर्ने गरेको जनाएको छ ।
संगठनको विभिन्न वित्तिय संस्थाहरुको खातामा अहिले करिव ३६ लाख नगद मौजाद छ । संगठनको वैंक/वित्तिय संस्थामा गत वर्ष ५५ लाख मौजाद गरेकोमा यो बर्ष कोष रकम घटेको छ । कोष रकम एक्कासी घट्नुको संस्थाले प्रष्ट पारेको छैन । बाल संगठनले ३२ लाख ४५ हजारको लागतमा हाल विना प्रतिस्पर्धा ३ कोठे थप भवन बनाई रहेको छ । बेनी नगरपालिकाको ५० प्रतिशत साझेदारीमा भवन बनाउन छुट्टै १५ लाख धरौटी बुझाएको छ । संगठनले सरोकारवालले मागेको वेला संगठनले गतिविधी, सम्पत्ति समेत आर्थिक विवरण उपलब्ध गराई पारदर्शीता कायम गरेको दावी गरेको छ ।

‘नेपाल वाल संगठन विसुद्ध सामाजिक संस्था हो । यहाँ सामाजिक क्षेक्रमा सकृय ब्यत्तिहरुले नेतृत्व गर्दै आएका छन’ संगठनका कोषाध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठले भने, ‘संस्थामा स्वभाविक रुपमा उसैले नेतृत्व गर्ने हो । आर्थिक रुपमा हामी पारदर्शी छौं । सुका–सुका जोगाएर संस्थाको भविश्य सुनिश्चित गराउन कोष राखेका छौं ।’
केन्द्रीय वाल संगठनको स्थापना कालमा ५ जना वालबालिका ल्याएर वाल गृह संञ्चालन गरिएको हो । हाल वालगृहमा १४ जना बालबालिका आश्रित छन । टुहुरा र असाहायलाई मात्र राख्ने भनिएको भएपनि वालगृहमा अप्ठ्यारो र जोखिममा परेका बालबालिकालाई संरक्षण प्रदान गरीएको छ ।
वाल संगठन म्याग्दीले ०२८ सालदेखी वालमन्दीरमा चिचिला, कोपिला र फूलगरी शिशु कक्षाबाट वालमन्दीर प्राथमिक विद्यालय संञ्चालन भएको हो । शसस्त्रद्वन्द्वको कारणले गाउँबाट विस्थापित भै सदरमुकाम आईरो लागेपछि सदरमुकाम बेनीका विद्यालयले विद्यार्थी चाप थेग्न नसक्दा वालमन्दीर प्राविलाई सदमुकाम बेनीको कालीपुलमा स्थानन्त्रण गरी स्तरउन्नत गरिएको हो । विद्यालयले कक्षा ८ सम्म अध्ययन अध्यापन गराउँछ ।
नयाँ शिक्षा ऐन ०७३ आएपछि वालमन्दीर आधारभुत विद्यालय पूर्णरुपले सामुदायीक बनेको छ । तथापी वाल संगठनकै अध्यक्ष नेत्र महत विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष छन । विद्यालयले सवै वर्ग र समुदायका बालबालिकालाई समेट्न सकेको छैन । विद्यालयमा अति विपन्न र मजदुरहरुका विद्यार्थीहरु मात्र अध्ययन गर्छन ।