FLASH NEWS
  • Loading...

मनसुन कमजाेर बन्दै, पदयात्रा सिजन सुरू

  • पुनहिल डट कम
  • ४ घण्टा अघि
  • ३ पटक पढिएको
मनसुन कमजाेर बन्दै, पदयात्रा सिजन सुरू

अब मनसुन बाहिरिने क्रममा छ। मौसम सफा देखिँदा निलो आकाशमुनि चाँदीका घेराझै हिमश्रृङ्खला टल्किन थालेका छन्।

मुख्य पर्यटकीय मौसम पनि सुरु भइसकेकाले विशेषगरी पर्यटन क्षेत्रमा चहल पहल बढ्दै छ। मौसम खुलेसँगै डाँडा, उपल्ला वस्तीबाट मनमोहक दृश्यले थप उल्लासमय बनाएको छ। उत्तरी क्षेत्रमा देखिने हिमशृङ्खलाले शरद ऋतुको मौसमलाई थप मनमोहक तुल्याएको छ।

दसैँ, तिहार, छठलगायत पर्व पनि नजिकिँदै जाँदा बजार चलायमान बन्दैछ। बस पार्कमा यात्रुकाे चाप बढेके छ । अन्नपूर्ण, मुस्ताङ गायत गन्तव्यमा पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटक निस्कन्छन्। यही सिजनमा धवलागिरी, अन्नपूर्ण प्रथम समेत हिमालको आरोहणमा आरोहीको आकर्षण हुन्छ।