FLASH NEWS
  • Loading...

विष्णुलाई प्रमुख उपास्य भगवान मान्ने विष्णु अनुयायी ‘त्रिदण्डी स्वामी’को भब्य स्वागत, आलोचना मुक्त भएन

विष्णुलाई प्रमुख उपास्य भगवान मान्ने विष्णु अनुयायी ‘त्रिदण्डी स्वामी’को भब्य स्वागत, आलोचना मुक्त भएन

वैदिक सनातन धर्म अर्न्तगतको धार्मिक आश्रम ‘श्री लक्ष्मीहरि नारायण अाश्रम’ का उत्तराधिकारी ‘जगतगुरु अनन्तश्री विभूषित जगद्गुरु त्रिदण्डी स्वामी’ को सोमबार बेनीमा स्वागत गरिएको छ ।
‘जगतगुरु अनन्तश्री विभूषित त्रिदण्डी स्वामी’को अनुकम्पाले धार्मिक पर्यटन प्रर्वद्धन हुने र ‘श्री’ अर्थात भगवान विष्णुप्रिया ‘महाँलक्ष्मी’को प्रभावले जिल्लामा राज्य कोषबाट अथाह बजेट भित्रने विश्वाससहित प्रमुख राजनैतिक दल, स्थानीय सरकार, संघिय तथा प्रदेश सरकारका प्रतिनिधीहरु, उद्योगी ब्यापारी र स्थानीयवासीले वााजागाजा सहित बजार परिक्रमा गराई भब्य सम्मान सहित स्वागत गरेका थिए । म्याग्दी उद्याेग वाणिज्य संघले कार्यक्रम अायाेजना गरेकाे हाे ।

बेनी नगरपालिका, १ रत्नेचौर स्थित ‘श्री लक्ष्मीहरि नारायण आश्रम’ मा रहँदै आएका हिमालय बाबाले हालै मात्र जगतगुरुबाट ‘जगतगुरु अनन्तश्री विभूषित त्रिदण्डी स्वामी’ उपाधी ग्रहण गरेका हुन । ‘त्रिदण्डी स्वामी’ले सम्मान कार्यत्रममा बताए अनुसार उक्त त्रिदण्डीमा हिमालय क्षेत्रमा पाईने दुर्लभ निगालोको तिन वडा दण्डी र एउटा उपदण्डी रहेको हुन्छ । ‘त्रिदण्डी’को पुछार र शिरानमा आँख्ला भएको दण्डी बाहककाे उचार बराबर हुने पर्ने भएकाे तथा १२ बर्ष उमेर पुगेको निगालो हुनु पर्ने भएकोले यो हिमाली निगालोको दण्डी भेट्टाउन दुर्लभ मानिन्छ ।


‘त्रिदण्डी स्वामी’ को स्वागत गर्दा भुईमा राखिएको ‘रामनामी’ गेरु वस्त्रमा टेकेको भनी वैष्णव सम्प्रदायको अर्को समुदायले ‘भगवान रामको’ अपमान गरेको र भगवान भन्दा आफुलाई माथी राख्न खोजेको भनी सामाजिक संञ्चालमा ब्यापक विरोध गरेका पनि छन ।

भववान विष्णुलाई प्रमुख उपास्य भगवान मान्ने विष्णु अनुयायीहरु बैष्णव हुन । ज्ञान, शक्ति, बल, वीर्य, ऐश्वर्य र तेज जस्ता गुणका आधारमा दुई सप्रदाय छन, स्वामी रामानुजाचार्य प्रर्वतक रहेको श्रीवैष्णव अर्थात रामनुजावतार (Tinaal Ramanujis) र स्वामी भाष्कराचार्य प्रर्वतक रहेको कृष्णअवतार अर्थात निम्बार्क सम्प्रदाय Bargal Ramanujis गरी दुई सम्प्रदाय रहेका छन । यी दुइ सम्प्रदायमा उनीहरूले लगाउने टीका (तीलक)काे अाधारले सजिलै छुट्याउन सकिन्छ ।


‘त्रिदण्डी स्वामी’ श्रीवैष्णव समुदायका एक सन्त हुन । भगवान विष्णुप्रिया महाँलक्ष्मीमा आश्रित रही विष्णुको रामनुअवतारमा विश्वास गर्छन । मन्दीर र मुक्ति पुजा गर्दैनन । आफुभन्दा माथील्ला स्वामिबाट प्रदान गरिने ‘विभुषण’ का आधारमा भगवानप्रति अनुष्ठा गर्ने, आराधना गर्ने र ‘त्रिदण्डी’ प्राप्त गरेपछि दण्डी सन्यासी भै भिक्षाटनबाट प्राण धारण गर्दछन ।
त्यस्तै निम्बार्क सम्प्रदायमा श्रीकृष्णलाइ विष्णुका प्रमुख अवतार र चरित्रका अनुयायीहरु हुन । उनीहरु भगवान कृष्णको मन्दीर बनाई राधाकृष्णको मुर्क्ति पुजा गर्छन । सनातन हिन्दु धर्मका १८ पुराणमध्य विष्णु, भागवत, नारद, गरुड, पद्य र अग्नी लाइ वैष्णव र अन्यलाइ शैव पुराण मानिन्छ ।


दण्डी सन्यासी के हो ?
हातमा दण्डी लिई हिंड्ने सन्यासीलाई दण्डी सन्यासी भनिन्छ । सोही सम्प्रदायका सन्तहरुमध्यबाट शंकराचार्यले छानेर दण्डी सन्यासी बन्न चाहने साधुलाई यो पदवी प्रदाव गरिन्छ ।
दण्डी सन्यासीहरुले यो दण्डीलाइ कपडाले छोपेर राख्छन । उनीहरुको दण्डी घुम्दा, रहँदा वस्दा कसैले छुँदा शुद्धतामा असर गर्ने बताईन्छ । दण्डी सन्यासी सन्तहरुले मुर्क्तिको हैन, यही दण्डीको अभिशेक, तर्पण र पुजा गर्छन । अरुवेला गुरुमन्त्रोच्चारित कपडाले वेरिएको दण्डीलाई पुज्ने बेलामा खुल्ला राख्छन । दण्डी सन्यासी स्वामीहरुको दैवी शक्ति हो भन्ने विश्वास गरिन्छ । ‘दण्डी स्वामी’ हरुले धारण गर्ने ‘दण्डी’ लाई भगवान िविष्णुको शक्तिको प्रतिक मानिन्छ । र यसलाई ब्रह्म दण्ड पनि भनिन्छ ।
ब्रह्मचार्य पालना गर्नु, मुर्तिपुजा नगर्नु, सिलाई लुगा त्याग्नु, ओच्छ्यान विना सुत्नु, दैनिक सात घरमा मात्र भिक्षा मागेर त्यो पनि दिनमा ८ गास मात्र खाना पाउनु प्रमुख छन । र मृत्युपछि सन्यासीलाई जलाईदैन, समाधीमा राखिन्छ ।