FLASH NEWS
  • Loading...

गाउँलेले श्रमदानगरी खाेले तीन महिनादेखी अवरूद्ध यातायात

  • पुनहिल डट कम
  • ३ दिन अघि
  • १०१ पटक पढिएको
गाउँलेले श्रमदानगरी खाेले तीन महिनादेखी अवरूद्ध यातायात

सवै कुरामा सरकारकाे मुख ताक्ने प्रवृति माैलाएकाे बेलामा म्याग्दीकाे एउटा गाउँबासीले श्रमदानगरी पहिराेले भत्काएकाे सडक मर्मत गरी तीन महिनादेखी अवरूझ सवारी संञ्चालनमा ल्याएका छन ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका, वडा नं ५ घोप्टेखर्कका पहिरोले सडक भत्काएपछि अवरुद्ध भएको यातायाात तीन महिनापछि स्थानीयले सडक मर्मतगरी यातायात सुचारु गराएका हुन । अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्यमध्यको घोरेपानी/पुनहिल जोड्ने पोखरेबगर–घोरेपानी सडक गत असार पहिलो साता भत्केपछि चार पाङग्रे यातायात अवरुद्ध थियो ।


मनसुनी वर्षा क्रमशः कमजोर बन्दै जान थालेपछि स्थानीयवासीले भत्केको सडकमा लामा र ठूला काठका बला विच्छाई माथीबाट काठका फ्याक विच्छाएर सडक बनाएका हुन । । काठका ठूला बलामाथी फ्याक राखी डाईभर्सन सडक बनेपछि हलुका चार पाङ्ग्रे साधनले पहिरो पास गर्न सकेका छन ।
सेप्टेम्बरसँगै पदयात्रा सिजन सुरु हुने भएकोले पर्यटकीय वस्ती घोरेपानीबासीको सकृयतामा स्थानीय घोप्टेखर्क, चित्रे, फलाटेबासी ५० जनाका दरले श्रमदान गरी पदमार्ग बनाएका हुन । बाटाे बनाउन काठ काट्न २९ हजार ५ सय नगद खर्च भएकाे छ । ५० जनालाइ स्थानीय अामा समुहले खाजा ब्यवस्था गरेकाे हाे । पहिरोले सडकको धेरै भाग भत्काउँदा यातायात अवरुद्ध भै पर्यटकीय वस्ती चित्रे, घोरेपानीमा खाद्यान्न सामाग्री ढुवानी रोकिनुको साथै पर्यटक आवागमनमा समस्या भएको थियो । यातायात अवरुद्ध हुँदा आलु समेत स्थानीय उत्पादन बजार झार्न पनि समस्या भएको थियो ।
१५ बर्ष अघि ट्रयाक खुलेको पोखरे–चित्रे–घोरेपानी २५ किलोमिटर ग्रामिण सडकमध्य १८ किलोमिटर क्षेत्रमा सव वेस, वेस र कालोपत्रे गर्ने भनि काम सुरु भएपनि निर्माण ब्यवसायीले सजिलो ठाउमा गुणस्तरहीन काम गरी बाँकी काम अलपत्र छोडेर फर्केका छन ।