FLASH NEWS
  • Loading...

मीना परियार हत्याका अभियुक्तहरु पूर्पक्षकालागी जेल चलान

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९९ पटक पढिएको
मीना परियार हत्याका अभियुक्तहरु पूर्पक्षकालागी जेल चलान

बेनी नगरपालिका, ९ तोरीपानीकी १९ बर्षिया अर्न्तरजातिय गर्भवती प्रेमिका मीना परियार हत्या काण्डका अभियुक्तहरु पूर्पक्षकालगाी जेल चलान भएका छन ।
जिल्ला न्यायाधिस प्रकाश प्रसाद पण्डीतको थुनछेक आदेशबाट मुख्य अभियुक्त राम खत्री, उनीकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र आफन्त श्याम खत्री पूर्पक्षकालागी थुनामा गएका हुन । प्रतिवादीहरु विरुद्ध ज्यान सम्बन्धी कसुरमा मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १७७ माग दावी गरीएको छ ।
०८० साल पुस १६ गते राती अभियुक्त राम खत्रीले गर्भवती प्रेमिका मीना परियारलाई घरबाहिर बोलाई नजिकै चौतारामा पुर्‍याएर छुरा प्रहारगरी हत्या गरेका थिए । खत्रीले प्रेमिकाको हत्यापछि घरदेखी करिव ४० मिनेट तल गिठीनी जंगलमा पुर्‍याएर गाडेको प्रहरी अनुसन्धानमा उल्लेख छ ।
८ महिना अघिदेखी वेपत्तारही गत २७ गते जंगलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरी अनुसार अनुसन्धान हुँदा अभियुक्तले हत्यागरी गाडेको बयानमा स्वीकार गरेको र भौतिक सवुत आधार प्रमाणको आधारमा सरकारी वकिल कार्यालय मार्फत ‘ज्यान सम्बन्धी कसुर’मा अदालतमा अभियोग दर्ता थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठका अनुसार उक्त मुद्दाका अन्य प्रमाण लाग्ने चिजवस्तुहरु डिएनए टेष्ट लगाएतको परिक्षण रिपो नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट आउन बाँकी छ ।
०८० पुस १६ गते राती ११.१५ बजेबाट घरबाट वेपत्ता भएकी बेनी नगरपालिका, ९ तोरीपानीकी १९ बर्षिय मिना नेपालीको शव गत साउन २७ गते जंगलमा गंगटा खोज्ने क्रममा स्थानीयले शव फेलापारेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले जमिनमुनी गाडेको शव उत्खनन गर्दा अनुहार र लिङ्गपहिचान हुन नसक्ने अवस्थामा मिनाको शव फेला पारेको थियो ।
उत्खनन भएको ‘सडेगलेको मृत शरिर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पुर्‍याइ ०८१ साउन ३१ गते पोष्ट मार्टम गरिएकोमा रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोगगरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टी गरेको थियो ।
मीना परियारलाई वेपक्ता बनाएको ‘ब्यत्ति वेपत्ता पार्ने सम्बन्धी कसुर’ सम्बन्धी अभियोगमा जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट पुर्पक्षकालागी पूर्पक्षकालागी थुनामा रहेका राम खत्रीलाई झिकाई सरकारी वकिल कार्यालयमा बयान लिईएको, बयान लिने क्रममा पोलिग्राफ परिक्षण गरिएको तथा बयानमा राम खत्रीले अर्न्तरजातिय गर्भवती प्रेमिकाको आफु एक्लैले छुरा हानी हत्या गरी शव जंगलमा लगी गाडेको स्वीकार गरेका थिए ।
गिठिनी जंगलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाहरुबाट उक्त शव करिव ८ महिनादेखी वेपत्ता १९ बर्षिय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो ।
मीनाको शव फेला परेपछि बाबु चन्द्रे नेपाली (परियार)ले साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ बर्षिय राम खत्री समेत आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध ‘ज्यान सम्बन्धी कसुर’मा किटानी जाहेरी दायर गरेका थिए ।
स्थानीय गलेश्वर माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययनरत परियार र राम खत्री विच प्रेम सम्बन्ध भै पटक पटक यौन सम्पर्कबाट मिनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक पटक उक्त गर्भ पतन गर्न दवाव दिएको फेसवुक म्यासेन्जरबाट खुलेको थियो ।
प्रहरी बयानमा अभियुक्त राम खत्रीले ०८० पुस १६ गते रामले मीनालाइ बाहिर बोलाएर मीनाको घरदेखी अन्दाजी एक सय मिटर तल चौतारामा पुर्‍याएका थिए । मीना र राम विच गर्भ के गर्ने भन्ने विषयमा विवाद भएको, भागेर इण्डिया तिर जाँउ भन्दा मीनाले बरु दुवै जनाले आत्महत्या गरौं भनी प्रस्ताव गरेकी थिएन । यही विवाद विच मदिराले सुरिएका राम माथी घर गै छुरी ल्याएर मीनालाई प्रहार गरी हत्या गरेको र शव केही तल झाडीमा राखी फेरी घर गै बाउसो (कोदालो), डोकोनाम्लो लिएर आई डोकोमा शव वोकी गिठिनी नजिकै कालीमुलको जंगलमा खाडल खनी गाडेका थिए ।