FLASH NEWS
  • Loading...

‘रक एङ्करिङ’ गरेपछि जोखिमपूर्ण बैसरी पहिरो रोकियो

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • १५४ पटक पढिएको
‘रक एङ्करिङ’ गरेपछि जोखिमपूर्ण बैसरी पहिरो रोकियो

कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम सडकको बेनी–घाँसाखण्डको पहिरोग्रस्त क्षेक्रको अति जोखिमयुत्त पहिरोमध्यको एक बैसरी पहिरोमा ‘रक एङ्करिङ’ प्रविधीबाट पहिरो रोकथाम गरिएको छ ।
पहिरोग्रस्त क्षेत्रको केही भाग ढुङ्गामाटो शुन्य वनाएपछि भेटिएको पहरामा १ मिटर गहिरा तीन सयबढी होल बनाई २५ एमएमका रड राखी ९० सेन्टीमिटर चौडाई भएका एम २० गुणस्तरको वाल सहितको ग्याभिन राखेर पहिरो नियन्त्रण गरिएको हो ।
पहिरोग्रस्त भीरको करिव एक सय ५० मिटर डिल डिलभागलाई ढुङ्गामाटो शुन्य वनाएपछि भीरको पत्थरमा रक एङ्करिङगरी एम २० (एक वोरा सिमेन्ट वरावर २ बोरा गिटी र ३ वोरा वालुवा राखेको कडा) भएको दुई मिटर अग्लो कंक्रिट पर्खाल बनाईएको छ । वेसमा कंक्रिट गरेको पर्खालमा बाँकी छोडिएको रडको आड लिएर थप एक मिटर अग्लो जाली राखिएको छ । त्यस्तै पहिरोमा प्लास्टिक जालीले छोपेर छिटो सर्ने प्रजातिको खिर्रोका हाँगा गाड्काु साथै पहिरोको मुहान क्षेत्रमा पाईप खुसाएर पानी पन्छ्याएपछि पहिरो नियन्त्रणमा आएको हो ।
‘वैसरी पहिरोमा हामीले अति जोखिम मोलेर रक एङ्करिङ गरी एम २० प्रविधीको वाल र जाली लगाएपछि बेनी–जोमसोम सडकमा वर्षोदेखी बर्षेनी दुख दिईरहेको र धेरैले नपत्याएको वैसरी पहिरो अहिले नियन्त्रणमा ल्याएका छौं’ बैसरी पहिरो नियन्त्रणका ठेक्का लिएको युवराज कन्ट्रक्सनकी प्रमुख गौमति वुढा मगरले भनिन, ‘बेनी–जोमसोम सडकको काप्रेभिर समेत जहाँ जहाँ अक्करे भीर र अन्य ठेकदारले काम गर्न नसकेको सवै स्थानमा म महिला ठेकदार एक्लैले बनाएकी हुँ । पत्याउनु भएन, फिल्ड हेर्न आउनुस ।’
बेनी–जोमसोम–कोरोला सडक आयाोजनाका फिल्ड सव इन्जिनियर सोहनजंग कार्कीका अनुसार बेनी–घाँसा खण्डमा पहिचान गरिएका अति जोखिमयुक्त ५ वटा पहिरोमध्य बैसरी पहिरोमा रक एङ्करिङ र बायोइन्जिनियरिङ विधीबाट पहिरो रोकथाममा सफल रहेको छ । रक एङ्करिङगरी वाल उठाएपछि यो क्षेत्रमा पहिरो चलेको छैन, रोकिएको छ ।
आयोजनाले गत हिउँमा जियोलोजिष्टहरु समेत २० जना विभिन्न विषयका विज्ञहरुले परिचालन गरी बेनी–घाँसासम्मको पहिराहरुको भुगर्भीक अध्ययन गराएको थियो । सोही विज्ञहरुको टोलीले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डका वैसरी पहिरो, सिरुवारी पहिरो, गुईठेपहिरो र खामभित्ता पहिरो समेत ९ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ पहिरा भनेको थियो ।


जियोलोजिष्टहरु समेतका बेनी–जोमसोम सडकका पहिरो अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत पहिरो उपचार विधी सुझाएका थिए ।
आयोजनाले सडकको पहिरोग्रस्त ३८ किमी खण्डमा पानी पर्ने वित्तिकै पहिरो खस्ने भएकोले मनसुन अवधिभरकालागी स्काभेटर र लोडर स्ट्याण्डबाई राखेको जनाएको छ । मनसुन सुरु भएपपछि बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन । पहिरोग्रस्त भीरमाथीबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन ।
अर्न्नपूर्ण र धौलागिरी हिमालको विचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेक्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यत्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहराबढी भएको यस क्षेत्रमा सडक खन्दा अतिबढी रक ब्लाष्टिङ भएको तर विष्फोटन पछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले बर्षेनी भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिएको हो ।
आयोजनाले ९ वटा पहिरोको रोकथाम गर्न औषत ६ करोडको दरले ५४ करोडबढी लागत लाग्ने पूर्वानुमान गरेको छ ।