FLASH NEWS
  • Loading...

काममा फर्के राहुघाटका मजदुर

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ९९ पटक पढिएको
काममा फर्के राहुघाटका मजदुर

सयममै पारिश्रमिक नपाएकाे भन्दै काम राेकेर अान्दाेलनमा उत्रेका राहुघाट जलविधुत अयेजनाका मजदुरहरू सेप्टेम्बर २० तारिक भित्र पारिश्रमिक दिने सहमतिपछि काममा फर्केका छन ।

रघुगंगा गाउँपालिका, ३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी)एशोसिएट्सले नियिमत समय भित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाएपछि अान्दाेलनरत मजदुरहरू शुक्रवार साँझदेखी काममा फर्केकाे निर्माणा ब्यवसायी जेपी एशिसएट्सले जनाएकाे छ ।

निर्माणा ब्यवसायी कम्पनीले  कसैकाे उक्साहटमा साेझा मजदुर हतारमा अान्दाेलनमा अाएकाे र विषय र प्रकृया वुझेपछि काममा फर्केकाे दावी गरेकाे छ । कम्पनीले कुनै पनि महिनाकाे मजदुरले पाउने पारिश्रमिकक नराेकिएकाे र अगष्ट महिनाकाे तलव सम्झाैता समयसीमा दाेस्राे महिनाकाे २० तारेख भित्र  मजदुरले भुक्तानी गरिने कम्पनीकाे ब्यवस्थापनले जनाएकाे छ ।

‘आयोजनामा कार्यरत मजदुरले तीन महिनादेखी तलव पाएनौं भन्नु नै गलत छ । हरेक महिनाको तलव दोस्रो महिनाको १५–२० तारेखभित्र भुक्तानी गर्ने भन्ने सम्झौता छ, सोही अनुसार कुनै पनि महिनाको तलव रोकिएको छैन । मलाइ लाग्छ यो कसैले फरक मनसायले मदजुर भड्काएको वा गलत अफवाह फैलाएको हुन सक्छ । २ दिन काम रोकियो, शुक्रवार साँझदेखी सवै आन्दोलनरत मजदुर काममा फर्कनु भएको छ’ जेपी एशोसियट्सका प्रशासन सिनियर ब्यवस्थापक राम सिंहले भने, ‘सरकारी कर्मचारीले त कहिलेकाहीं समयमा तलव पाउँदैनन । यो निर्माण प्रोजेक्ट हो नि । कम्पनीलाइ पैसा ब्यवस्थापन गर्दा एक दुई दिन अघिपछी त हुन सक्छ नि । समस्या नै परेका मजदुरलाइ जुनसुकै समय भुक्तानी गरेका छौं । जुलाइकाे पेमेन्ट मजदुरकाे खातामा गैसक्याे, अगष्ट महिनाको भुक्तानी बाँकी छ, सेप्टेम्बर १५–२० तारिखमा दिन्छौं ।’

जेपी एशोसिएट्सले यस आयोजनमा नेपाली र भारतीय गरी करिब साढे ७ सय मजदुर परिचालन गरेको जनाएको छ । आगामी १ बर्ष भित्र आयोजनाको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कम्पनीले स्रोत, सधान र जनशक्ति परिालन गरेको जनाएको छ । राहुघाट जलविद्युतको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको छ भने इलेक्ट्रिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले ठेक्का लिएको छ ।

यस आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ गत साउनमा छिचोलिएको थियो । भारतीय आयात–निर्यात –एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । अहिले सुरुङलाई कंकिट गर्नुको साथै बाँध र विद्युतगृहको पूर्वाधार निर्माणको काम भइरहेको छ ।