FLASH NEWS
  • Loading...

अर्न्तरजातीय गर्भवती प्रेमिकाकाे हत्या अाराेपी विरूद्द मुद्धा दायर, यसरी गरेका थिए रामले मीनाको हत्या

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ११२ पटक पढिएको
अर्न्तरजातीय गर्भवती प्रेमिकाकाे हत्या अाराेपी विरूद्द मुद्धा दायर, यसरी गरेका थिए रामले मीनाको हत्या

जिल्ला प्रहरी कार्यालयले बेनी नगरपालिका, ९ तोरीपानीकी १९ बर्षिया अर्न्तरजातिय गर्भवती प्रेमिका मीना परियारको हत्यागरी गाडेका प्रेमी राम खक्री विरुद्ध शुत्रवार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग दर्ता गरेको छ ।
शुक्रवार जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १७७ माग दावी गरीएको जिल्ला प्रहरी कार्यालयले पक्रकार सम्मेलनगरी जानकारी दिएको छ । तर शुत्रवार अभियोग पत्र अदालतमा ढिला दर्ता भएकोले समय अभावले थुनछेक आदेश भएन । सोही अभियोगमा रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
‘८ महिना अघिदेखी वेपत्तारही गत २७ गते जंगलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरी अनुसार अनुसन्धान हुँदा अभियुक्तले हत्यागरी गाडेको बयानमा स्वीकार गरेको र भौतिक सवुत आधार प्रमाणको आधारमा सरकारी वकिल कार्यालय मार्फत ‘ज्यान सम्बन्धी कसुर’मा अदालतमा अभियोग दर्ता भएको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले भने, ‘अन्य प्रमाण लाग्ने चिजवस्तुहरु डिएनए टेष्ट लगाएतको परिक्षण रिपो नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट आउन बाँकी छ ।’
०८० पुस १६ गते राती ११.१५ बजेबाट घरबाट वेपत्ता भएकी बेनी नगरपालिका, ९ तोरीपानीकी १९ बर्षिय मिना नेपालीको शव गत साउन २७ गते जंगलमा गंगटा खोज्ने क्रममा स्थानीयले शव फेलापारेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले जमिनमुनी गाडेको शव उत्खनन गर्दा अनुहार र लिङ्गपहिचान हुन नसक्ने अवस्थामा मिनाको शव फेला पारेको थियो ।
उत्खनन भएको ‘सडेगलेको मृत शरिर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पुर्‍याइ ०८१ साउन ३१ गते पोष्ट मार्टम गरिएकोमा रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोगगरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टी गरेको थियो ।
मीना परियारलाई वेपक्ता बनाएको ‘ब्यत्ति वेपत्ता पार्ने सम्बन्धी कसुर’ सम्बन्धी अभियोगमा जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट पुर्पक्षकालागी पूर्पक्षकालागी थुनामा रहेका राम खत्रीलाई झिकाई सरकारी वकिल कार्यालयमा बयान लिईएको, बयान लिने क्रममा पोलिग्राफ परिक्षण गरिएको तथा बयानमा राम खत्रीले अर्न्तरजातिय गर्भवती प्रेमिकाको आफु एक्लैले छुरा हानी हत्या गरी शव जंगलमा लगी गाडेको स्वीकार गरेको प्रहरीले दावी गरेको छ ।
गिठिनी जंगलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाहरुबाट उक्त शव करिव ८ महिनादेखी वेपत्ता १९ बर्षिय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो ।
मीनाको शव फेला परेपछि बाबु चन्द्रे नेपाली (परियार)ले साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ बर्षिय राम खत्री समेत आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध ‘ज्यान सम्बन्धी कसुर’मा किटानी जाहेरी दायर गरेका थिए ।
स्थानीय गलेश्वर माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययनरत परियार र राम खत्री विच प्रेम सम्बन्ध भै पटक पटक यौन सम्पर्कबाट मिनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक पटक उक्त गर्भ पतन गर्न दवाव दिएको फेसवुक म्यासेन्जरबाट खुलेको थियो ।
यसरी गरेका थिए, रामले गर्भवती प्रेमिकाको हत्या
प्रहरी बयानमा अभियुक्त राम खत्रीकाे बयार ः  ‘०८० पुस १५ गते राम र मीना विच प्रेम सम्बन्ध भएको, यौन सम्बन्धबाट मीना गर्भवती भएको कुरा परिवारले थाहा पाएको थियो । विवाहित राम पुस १५ गते विहान श्रीमतिसहित ससुराली गएको र श्रीमतिलाई ससुराली छोडेर दिउँसो घर फर्कें । साँझ श्रीमति बाहेक परिवारका सदस्यहरु जम्मा भै गाली गर्ने, समाजमा मुख देखाउन नमिल्ने बनाईस अव तँ अफैले परिस्थितीको तह लाई भनी दवाव दिए । खुव तनाव भयाे । रातभर निदाउन सकिन ।
०८० पुस १६ गते अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा राम साथीहरुसँग गाउँकै एक होटलमा मदिरा सेवन गरी राती साथीहरुसँग छुट्टीएपछि सिधै प्रेमिका मीना नेपालीको घरमा पुगें । सो दिनमा मीनाका बाबु घरमा थिएनन, आमा र मीना मात्र थिए । राती मीनाको ढोका ढक्ढकाए, अनि बाहिर बोलाएर एकछिन कुरा गर्ने भनी मीनाको घरदेखी अन्दाजी एक सय मिटर तल चौतारामा गयाैं ।
त्यती गर्दा रातको १२ बजेको थियो । मीना र मेराे गर्भ के गर्ने भन्ने विषयमा विवाद भयो । मैले गर्भ फालाैं वा भागेर इण्डिया तिर जाँउ भनें । मीना मानिनन । घरमा श्रीमित र वच्चा भएकाे र अन्तर्रजातिय सम्बन्ध भएकाेले घरमा ल्याउन सक्ने अवस्था थिएन । गर्भ नफाल्ने भए भारततिर भागाैं भन्दा मीनाले बरु दुवै जनाले आत्महत्या गरौं भनिन । मत नमिले म अावेगमा अाएँ । रक्सी लागेकाे थियाे, म सिधै घर गै छुरी ल्याएर अाए । मीना अझै चाैताराेमा राेएर बसेकी थिइ । मैले  मीनालाई चक्कु प्रहार गरी हत्या गरें  । हत्यागरी शव केही तल झाडीमा राखी फेरी घर गै बाउसो (कोदालो), डोकोनाम्लो लिएर आई डोकोमा शव वोकी गिठिनी नजिकै कालीमुलको जंगलमा खाडल खनी गाडेको थिएँ। रातीनै पानी ल्याएर हत्या गरेको स्थानको रगत पखाल्ने, खाडल खनेको बाउसो नजिकै भीरबाट तल फालेर विहानपछ घर गै सुतेँ । ’