FLASH NEWS
  • Loading...

म्याग्दीको सदरमुकाम जोड्ने र छुट्ने प्रमुख सडक अवरुद्ध

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ५९१ पटक पढिएको
म्याग्दीको सदरमुकाम जोड्ने र छुट्ने प्रमुख सडक अवरुद्ध

विहिवार साँझदेखी लगातार परेको बर्षाको कारण म्याग्दी सदरमुकाम बेनी जोड्ने सवै प्रमुख सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ । राती परेकाे भारी वर्षापछि पश्चिम म्याग्दी भेगबाट बग्ने म्याग्दीनदीमा जलसतह सतर्कता तहमा पुगेकाे छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीले दिएको पहिरो र सडकको अवस्था सम्बन्धी विवरण अनुसार काठमाण्डौ, पोखराहुँदै म्याग्दी प्रवेश गर्ने मालढुङ्गा–बेनी सडकको पर्वत जलजला, ५ केरावारीमा आएको पहिरोले, बाग्लुङ–बेनी सडकको बेनी नगरपालिका, १ सीममा झरेको पहिरोले यातायात अवरुद्ध भएको छ ।
पहिरोको कारण राजधानी समेत ठूला सहरबाट म्याग्दी र मुस्ताङकालागी छुटेका रात्री बसहरु पहिरोले यातायाात अवरुद्धहुँदा बेनी प्रवेश गर्न पाएका छैनन । बेनीबाट राजधानी काठमाण्डौ, प्रदेश मुकाम समेत पोखरासमेत ठूला सहरकालागी छुट्ने सावरी साधन बसपार्कबाट छुटेका छैनन । गन्तब्य हिंडेका यात्रु अलपत्र छन ।
त्यसैगरी सदरमुकाम बेनीबाट मुस्ताङ जाने कालीगण्डकी करिडोर बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने रघुगंगा गाउँपालिका, २ कुनौटोमा, अन्नपूर्ण गापा, ६ महभीरमा, अन्नपूर्ण २ तातोपानीभीरमा र अन्नपूर्ण गापा, ३ दानाको सुकेवगर र गुईठेभीरमा पहिरो झरेकोले यातायात पूर्ण अवरुद्ध छ ।
त्यस्तै, बेनीबाट पश्चिम तर्फ जाने बेनी–दरवाङ सडक तर्फ बेनी नगरपालिका, ४ घुमाउने भीर, मंगला गाउँपालिका, २ मा पर्ने सीम र लाम्पाटा तथा मालिका गापा, ६ मा पर्ने बाङ्गेभीरमा पहिरोले यातायात अवरुद्ध बनाएको हो ।
प्रहरीले बर्षा नरोकिएकोले तत्काल सडक खुल्ने अवस्था छैन । वर्षा रोकिएपछि केही घन्टामा पहिरो पन्छ्याएर यातायात सूचारु गर्न प्रयास थाल्ने गरी सरोकारवाला निकायसँग समन्वय भैरहेको छ ।