FLASH NEWS
  • Loading...

जिल्ला अस्पतालमा निःशुल्क औषधी ः जहिल्यै छैन

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ८६ पटक पढिएको
जिल्ला अस्पतालमा निःशुल्क औषधी ः जहिल्यै छैन

सरकारले निशुल्क उपलबध् गराउने भनेका सवै ९६ किसिमका औषधीहरु प्रभावकारी रुपमा विरामीको हातमा पुर्‍याउन सकेको छैन ।
सरकारको आधारभुत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्याण्डर्ड ट्रिटमेन्ट प्रोटोकल)मा स्वास्थ्य चौकीदेखी जिल्ला अस्पतालसम्म विभिन्न ९८ किसिमका औषधीहरु निशुल्क उपलब्ध गराउने ब्यवस्था गरेको छ । तर बेनी अस्पतालमा भने सरकारले उपलब्ध गारउने प्रतिवद्धता गरका ९६ किसिमका औषधीमध्य मुस्किलले ४०–५० किसिमका मात्र औषधी उपलब्ध छ । उपलब्ध हुने निशुल्क औषधीहरु पनि अस्पतालमा हुने मागको २०–२५ प्रतिशत मात्र आपूर्ति हुने गरेको छ ।
‘बेनी अस्पतालमा सरकारले उपलब्ध गराउने भनेका सवै ९८ प्रकारका औषधीहरु मध्य बढीमा ४०–५० प्रकारका औषधी उपलब्ध हुन्छन । उपलब्ध हुने निशुल्क औषधीहरु मध्य अस्पतालमा हुने मागको २०–२५ प्रतिशत मात्र आपूर्ति हुन्छ ।’ बेनी अस्पतालको औषधी स्टोर प्रमुख रहेकी नर्सिङ अफिसर एवं सूचना अधिकारी खेमकुमारी पन्तले भनिन ‘त्यो पनि अनियमित आपूर्ति हुन्छ । ५–१० वटा बाहेक नियमित (अटुट) उपलब्ध भैरहने औषधी एउटै छैन ।’
सूचना अधिकारी पन्तले थपिन, ‘सरकारले निशुल्क पठाउने औषधी मात्र हैन अस्पतालले आवश्यकता अनुसार खरिद गर्ने औषधीहरु पनि सप्लायर्सले नदिंदा समय समयमा अस्पतालमा औषधी समस्या भैरहन्छ । टेण्डर गरेका कति औषधी त सप्लायर्सले कहिल्यै पठाउँदैन, अस्पतालले विशेष ख्याल पुर्‍याउनु पर्ने छ ।’
बेनी अस्पतालले निशुल्क औषधी उपलब्ध नहुँदा नियमित औषधी सेवन गर्नु पर्ने मानसिक, मधुमेह, उच्चरक्तचाप, मुटु सम्बन्धी रोग लगाएत नसर्ने रोगका विरामी बढी प्रभावित भएका छन । दीर्घरोगीले सेवन गर्ने औषधी मात्र होईन इमर्जेन्सीमा आउने हर्टअट्याक्ट समेतका विरामीलाई आपतकालिन उपचारमा दिईने एड्रिनालिन सुई, साधारण डेक्स्ट्रोज, आरएल, एनएस जस्ता सलाईन समेत अस्पतालमा पाईदैन । लामो समयसम्म गर्भवती महिलालाई अनिवार्य खुवाईने फोलिक एसिड समेत अस्पतालमा थिएन ।
‘सिटामोल, जिवनजल समेत ५–१० वटा आधारभुत औषधी बाहेक बेनी अस्पतालमा बाँकी औषधी कुनै न कुनै समय स्टक आउट भएकै हुन्छ । निशुल्क भने पनि धेरै औषधी त आउँदै आउँदैनन, आएकापनि मागको २०–२५ प्रतिशत आउँछ’ बेनी अस्पतालको फार्मेसी तथा सामाजिक सेवा इकाई प्रमुख अञ्जु शर्माले भनिन, ‘अस्पतालले दिने सेवा थपिए पछि त कम्तीमा सोही किसिमका औषधी पठाउनु, समयमै पठाई दिए हुन्थ्यो नि पठाउँने औषधी पनि स्टक आउट गर्ने बेलामा आउँछन । कति त गुणस्तरहीन हुन्छन ।’
जिल्ला अस्पताल समेत स्थानीय तहमा रहने आधाारभुत स्वास्थ्य संस्थाहरुसम्म निशुल्क औषधी पुर्‍याउने जिम्मेवारी गण्डकी प्रदेश औषधी ब्यवस्था विभागको हो । तर विभागले प्रोटोकलले तोकेका सवै औषधी सवै पठाउने त कता हो कता पठाएको औषधी पनि न्यून मात्रामा पठाउने स्थानीय तहको गुनासो छ ।
बेनी अस्पतालको फार्मेसीका कर्मचारीले बताए अनुसार मधुमेहका सुगरका विरामीलाइ दिईने विभिन्न औषधीमध्य बेनी अस्पतालमा ५ सय एमजीको मेटफरमीन बाकेह अर्को औषधी छैन । मेटफरमीन पनि ६ महिना अन्तरमा आएको हो । त्यस्तै उच्चरक्तचाप र क्लोस्टोरलका विरामीले नियमित खानुपर्ने एट्रोभास्टिनका सवै डोज पछिल्लो ९ महिनादेखी अस्पतालमा आएको छैन ।
स्वास्थ्य विमा गरेका विरामीहरुका अनुसार बिमाले निशुल्क औषधी हो भन्दै नदिने, अस्पतालमा गयो सँधै छैन मात्र भन्दा विमा सुविधा भएपनि महंगो मुल्यमा किन्नु परेको गुनासो गरेका छन । सरकारले गरिव, जेष्ठ तथा असाहाय समेत लक्षित समुदायलाई निशुल्क मात्र हैन शसुल्क औषधी पनि निशुल्क उपलबध गराउने भनेको छ । तर अस्पतालमा दुवै औषधी नियमित नहुँदा लक्षित समुदायका विरामी पनि प्रभावित छन ।
‘मधुमेहको ५ सय एमजी मेटफर र क्लोस्ट्रोलको १० एमजि एट्रोभास्टिन खान्थें । पहिला विमाबाट आउँथ्यो । अहिले श्वास्थ्य विमाले विमित विरामीले पाउने औषधीको लिस्टबबाट यी औषधी हटाएको भनी दिन मानेन । एट्रोको एक पत्ताकै (१० दिन)लाई १ सय ८० मुल्य तिरेर खानु परेको छ’ बेनी अस्पतालमा भेटिएका रघुगंगा गापा, ३ का मनवीर कार्कीले भने, ‘विमा गरे सवै औषधी निशुल्क हुन्छ भन्छन । सुगरको औषधी पनि दिन छोडे, सरकारले दिने निशुल्क औषधी माग्न गयो, सँधै अहिले आएको छैन मात्र भन्छन ।’