FLASH NEWS
  • Loading...

अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगितामा कुहुँकाे समुह पहिलाे

  • पुनहिल डट कम
  • १ हप्ता अघि
  • ५० पटक पढिएको
अनेमसंघ म्याग्दीको तिजगीत प्रतियोगितामा कुहुँकाे समुह पहिलाे

महिलाहरुको पर्व हरितालिका तिजकाे उपलक्षमा  मङ्गलवार  बेनीमा नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको आयोजनामा खुल्ला तिजगीत प्रतियोगिता गरेकाे छ ।

समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान – समान सहभागिताका लागि सुदृढ सङ्गठन भन्ने नारासहित अनेमसंघले तिज पर्वको अवसरमा महिला सशक्तिकरणमा आर्थिक पक्षको भूमिका विषयक खुल्ला तिजगीत प्रतियोगितामा गला गाउँपालिका–१, कुहुँकी हिरा किसान नेतृत्वकाे समुह प्रथम भएकाे छ ।

म्याग्दीका अग्रज कलाकार कृष्णदत्त पौडेल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका जिल्ला अध्यक्ष धुर्व जिसी र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले निर्णायक रहेकाे प्रतियाेगितामा क्षत्री समाज म्याग्दी दाेस्राे र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दी  तेस्राे भए । गणेशथान आमा समूह जलजला–७, मिलनचोक पर्वत र जामुनाखर्क मावि अर्थुङ्गेकी गरिमा परियार सान्त्वना पुरस्कार पाए ।

प्रतियाेगितामा ३१ टिमले सहभागिता रहेकाे थियाे । विजयी टिमहरुलाई नगद क्रमशः दशहजार, सातहजार, पाँचहजार र तीनतीन हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको अनेमसंघ म्याग्दीका सचिव देवकुमारी पुनले बताइन ।