FLASH NEWS
  • Loading...

गलेश्वरमा कहाँबाट आयो वालुवा ?

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ७८ पटक पढिएको
गलेश्वरमा कहाँबाट आयो वालुवा ?

बेनी नगरपालिका, ९ गलेश्वर स्थित गलेश्वर प्रहरी चौकीको अगाडी बेनी–जोमसोम सडक किनारामा थुपारिएको बालुवा कस्को हो ? कहाँबाट ल्यायो ? कहाँ लैजान खोज्दै छ ?

गलेश्वर छेउका राहुघाट खोलामा बालुवा छैन, पूर्वी छेउमा बग्ने कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न प्रतिवन्ध छ । बेनी नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने कालीगण्डकी र म्याग्दी नदी कतैपनि नदीजन्य पदार्थ (वालुवा) उत्खनन नभएको दावी गरेको छ । स्थानीय सरकार वेखवर रहनु, छेउकाे प्रहरीले अागनकाे वालुवा कस्ले कहाँबाट कहाँ लैजान ल्याएकाे हाे, अनभिज्ञता जनाउनु अाश्चर्य हैनत ।

त्यसो भए गलेश्वरमा बालुवाको थुप्रो कसरी लाग्यो ? गलेश्वरधाम मन्दीरको पारीपट्टी पर्वतको जलजला गाउँपालिका, ३ मा पर्ने राममन्दीर नजिकै कालीगण्की किनारमा हालै उत्खनन गरेजस्तो वालुवाको थुप्रो र डोजर देखिन्छ । के गलेश्वरको वालुवा थुप्रो सुरक्षित हुन त्यहींबाट कालीगण्डकी तारेर वारी ल्याईएको त हैन ? हिउँदै झिकेकाे वालुवा भए वर्खाकाे पानीले वालुवामा डाेजर हिंडेकाे डाेव मेटिनु पर्नी, अवैध उत्खनन भएकाे भए कालीगण्डकी पारीकाे प्रहरी चाैकी र शसस्त्र प्रहरीकाे क्याम्पले थाहा पाउनु पर्ने हैन र ?

श्रोतका अनुसार म्याग्दीको बेनी नगरपालिका सीमावर्ती पर्वतको जलजला गाउँपालिकाको राममन्दीर छेउदेखी वारीवेनीहुँदै मिलनचोकसम्म कालीगण्डकी नदी किनारामा अवैध रुपमा उत्खनन गरेको नदीजन्य पदार्थ सुरक्षित गर्न कालीगण्डकी नदी तारेर गलेश्वर पुर्‍याई भण्डारण गरिएको हो । संभवत राहुघाट जलविधुत अायाेजनालाइ वेच्ने मनसायले यहाँ भण्डारण गरिएकाे हुन सक्छ ।

‘जलजला खण्डमा कालीगण्डकीबाट नदीजन्यपदार्थको अवैध उत्खनन गरी विभिन्न विलबाट वालुवा सीमापार गरी सुरक्षित गरेको हुन सक्छ । यता हामीले नदीजन्य पदार्थको अवैध उत्खनन र चोरीनिकासी भैरहेको भेटेपछि जरीमाना गरेका थियौं’ जलजला गाउँपालिकाका राजश्व शाखा प्रमुख कृष्णप्रसाद रिजालले भने, ‘कालीगण्डकी नदीबाट अवैध उत्खनन गरेको नदीजन्य पदार्थको परिणाम मापन गरिएकोले विभिन्न वाहनामा उक्त पदार्थसीमापार गरी सुरक्षित गर्ने र यहाँ पुनः अवैधउत्खनन गरी पुरानै परिणाम देखाउने प्रयास हुन सक्छ ।’

नदीजन्य पदार्थ ओसार–पसार गर्ने सवारी साधनको चेकजाँच गर्ने प्रहरीका अनुसार जलजला गाउँपालिका, ४ मा रहेको सूर्यबलभद्र कन्ट्रक्सनले विनोद हमालको नाममा काटेको भ्याटवील र लुरे सप्लायर्स प्रालि जलजला, ८ पर्वतले म्याग्दीको रुईसेदेउराली निर्माण सेवाको नाममा काटेको भ्याटवीलमा उक्त वालुवा म्याग्दी भित्रिएको हो । म्याग्दी प्रहरीले हाम्रो क्षेत्रमा कतै पनि नदीजन्यपदार्थको अवैध उत्खनन र चोरीनिकासी भएको जानकारी नभएको र जिल्ला भित्रिएको नदीजन्य पदार्थको वैधानिक भ्याटविल भए नभएको हरेक पटक जाँच गरिएको तर भौगोलिक सीमा अर्को पर्ने भएकोले उक्त नदीजन्य पदार्थ कहाँबाट ल्याएको हो खोज्न नमिल्ने भनी उम्किने गरेको छ ।

जलजला गाउँपालिकाले ‘ढुङ्गागिटी, वालुवा लगाएत नदीजन्य पदार्थको अवैध उत्खनन, चोरी निकासी गरेकोले प्रशासनीक दण्डजरिवाना अर्न्तगत सूर्यबलभद्र कन्ट्रक्सन प्रालिले कालीगण्डकी नदीबाट पहिलो पटक ०८१ साउन १८ गते एक सय क्यूफिट वालुवा अवैध उत्खनन र चोरीनिकासी गरेवापत ९० हजार ६ सय २९ रुपैयाँ र दोस्रो पटक साउन २९ गते फेरी कालीगण्डकीबाट २० हजार ८ सय ३३ दशमलव ३३ क्यूफिट नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरेको भन्दै थप २ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ जरिवाना गरेको थियो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको ढुङ्गा, गिटी, वालुवा उत्खनन, विक्रि तथा ब्यवस्थापन सम्बन्धी मापदण्ड ०७७ ले र गण्डकी प्रदेश सरकार अर्न्तगत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘ढुङ्गा, गिट्टी, वालुवा ऊत्खनन, संकलन, क्रसिङ र वित्रिवितरण तथा क्रसर उद्योग स्थापना र संञ्चालनलाई ब्यवस्थित गर्ने कार्याविधी ०७५’ ले जिल्ला समन्वय प्रमुखको अध्यक्ष, प्रजिअ, जिल्ला प्रहरी, शसस्त्र, अनुसन्धान विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु विकास समिति समेत रहने जिल्ला अनुगमन तथा समन्वय समिति रहने ब्यवस्था गरेको छ ।

तत्कालिन प्रधान न्यायाधिश चोलेन्द्र शम्बेर जवराको एक न्यायाधिशको इजलासबाट ०७८ साउन ४ गते भएको आदेशमा भनिएको छ, ‘कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्त्रणगरी रिजर्भवायर बनाउने, प्रदुषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगाएत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै कार्य नगर्नु नगराउनु यथास्थितीमा राख्नु’ भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) क बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।