FLASH NEWS
  • Loading...

अल्टिच्युड एयरको हेलीद्वारा नियम विपरित मुस्ताङको निषेधित क्षेत्रमा यात्रु ओसार—पोसार

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • १०७ पटक पढिएको
अल्टिच्युड एयरको हेलीद्वारा नियम विपरित मुस्ताङको निषेधित क्षेत्रमा यात्रु ओसार—पोसार

मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा अल्टिच्युड एयरले नेपाल नागरिक उड्यन प्राधिकरणले दिएको उडान अनुमती विपरित नियम उलंघन गरी हेलि उडान गरेको पाईएको छ ।

शनिबार बिहान अल्टिच्युड एयरले जोमसोम—दामोदरकुण्ड-दामोदरकुण्ड—जोमसोम हेलि उडान गर्नुपर्नेमा नेपाल नागरिक उड्यन प्राधिकरणको अनुमतीलाई लत्याएर उपल्लो मुस्ताङको निषेधित क्षेत्रमा हेली यात्रुहरुलाई सटल गराएको स्रोतले जनाएको छ ।

काठमान्डौंबाट उडेको अल्टिच्युड एयरले जोमसोम विमानस्थलबाट सिधै दामोदरकुण्ड पुगेर पुन जोमसोमनै फर्किनुपर्ने अनुमती दिईएको भएपनि उक्त हेलीले अनुमतिको अवज्ञा गर्दै अल्टिच्युडले शनिबार बिहान लोघेकर दामोदरकुण्ड—५ को याराबाट हेलियात्रु सटल गरेको त्यसक्षेत्रका स्थानीयले जानकारी दिएका छन् ।

स्रोतले दिएको जानकारी अनुसार जोमसोमबाट ५ हेलि यात्रु लिएर दामोदरकुण्ड उडेको अल्टिच्युड एयरको हेलीले २ जनालाई लोघेकर दामोदरकुण्ड—५ को यारामा झारेर बाँकी ३ जनालाई दामोदरकुण्ड पू¥याएको थियो । त्यसपछि दामोदरकुण्ड पुगेर फर्किएको हेलीले ३ जना हेली यात्रुलाई यारामा सटल गरेको थियो । त्यसपछि जोमसोमबाट संगै लगेर यारा झारिएको बाँकी २ जनालाई हेलि मार्फत दामोदरकुण्ड पू¥याएको थियो । २ जनालाई दामोदरकुण्ड पू¥्याएर फर्किएको हेली मुस्ताङको लोघेकर दामोदरकुण्ड अवतरण गरी पुनः पाँचै जनालाई जोमसोम फर्काएको थियो ।

अल्टिच्युड एयरले उपल्लो मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्रमा पुगेर नियम विपरित हेली यात्रु सटल गराएको सूचना प्राप्त भएको र त्यस विषयमा आवश्यक बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यता जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख केशव लम्सालले अल्टिच्युड एयरले जोमसोम—दामोदरकुण्डको अनुमती लिएको आफुलाई जानकारी भएको तर हेलिले सिधै दामोदरकुण्ड दर्शन गराएर फर्किनुपर्नेमा निषेधित क्षेत्र यात्रामा हेलि अवतरण गरी मानिस झार्ने र ओराल्ने काम गरेको मौखिक सूचना प्राप्त भएको कार्यालय प्रमुख लम्सालले उल्लेख गरे ।

कार्यालय प्रमुख लम्साले अल्टिच्युड हेलीको उडान अनुमतीका विषयमा बुझ्न नेपाल नागरिक उड्यन प्राधिकरणसंग समन्वय गर्ने पहल भईरहेको बताए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उपल्लो मुस्ताङमा अल्टिच्युड हेलीले नियमविपरित हेली उडान गरेको सूचना प्राप्त भएको जानकारी दिए । प्रजिअ पन्तले जोमसोमबाट सिधै दामोदरकुण्ड दर्शन गराएर फर्किनुपर्नेमा अल्टिच्युड एयरले दामोदकुण्ड नपुग्दै बिचमा अवतरण गरी यात्रुहरुलाई झार्ने ओराल्ने कार्यै गरेको बुभिएको छ । यस विषयमा विस्तृत बुझेर सम्वन्धित निकायलाई जानकारी गराईने बताए ।

– सुन्दरकुमार थकाली ।