FLASH NEWS
  • Loading...

म्याग्दीकाे राजनितीमा चर्चित हस्ती हरीबहादुर पुन अस्ताए

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • २३६ पटक पढिएको
म्याग्दीकाे राजनितीमा चर्चित हस्ती हरीबहादुर पुन अस्ताए

म्याग्दीकाे राजनितीमा उस्वेलाका चर्चित पात्र हरीबहादुर पुनकाे देहवसान भएकाे छ ।

पञ्चायतकालमा भीमप्रसाद गाैचन क्याम्प विरूद्ध राष्ट्रिय पञ्चालय सदस्यमा उम्मेदवारी दिएका तत्कालिन शिख गाउँपञ्चायत, १ घाेरेपानीका हरीबहादुर पुनकाे २०८१ भदाै १२ गते बुधवार स्थित निवासमा देहवसान भएकाे हाे ।

०४३ सालमा भएकाे राष्ट्रिय पञ्चालय सदस्य पदमा तत्कालिन पञ्चायती ब्यवस्थाकाे प्रत्यक्षा संरक्षण पाएका पञ्चायती हस्ती भीमप्रसाद गाैचन विरूद्ध पाैठेजाेरी खेलेका हरीबहादुर पुनलाइ समर्थन गरेकै कारण म्याग्दीकाे राजनितिक इतिहाँसमा सिंगा काण्ड, शिख काण्ड जस्ता ठूला हत्या काण्ड, कुटपीट र महिलाहरूमाथी ज्यादतीका घट्ना भएका छन ।

पञ्चायतकालमा भीमप्रसाद गाैचन पञ्चायतका संस्थापन विरूद्ध लडेका हरीबहादुर पुन ०४६ सालकाे जनअान्दाेलनपछि भने राजनितीबाट पलाएन भै विदेश लागेका थिए । लामाेसमय हङकङमा विताएका पुन जीवनकाे उत्तरार्धमा विरामी भएपछ स्वदेश फर्केर पाेखरा स्थित घरमा श्वास्थ्यलाभ गरिरहेका थिए ।