FLASH NEWS
  • Loading...

मुक्तिनाथमा इलाका प्रहरी कार्यालय भवन उद्घाटन

  • पुनहिल डट कम
  • २ हप्ता अघि
  • ८७ पटक पढिएको
मुक्तिनाथमा इलाका प्रहरी कार्यालय भवन उद्घाटन

मुस्ताङमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुक्तिनाथमा बनेकाे इलाका प्रहरी कार्यालयकाे भवन उद्घाटन भएकाे छ ।
गण्डकी प्रदेश सरकारको बिनियोजित बजेटबाट करिब तीन करोड ६० लाखको लागतमा निर्मित भवनको वुधवार गण्डकी प्रदेशका मानवीय मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले एक समारोह बीच उद्घाटन गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले अतिथीकाे स्वागत गरे । उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य याेगेश गाैचन, प्रदेश सभा सदस्य विकल गुरूङ, वारागुङमुक्तिक्षेत्र गापा अध्यक्षा रिनजिन गुरूङ,  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले शुभकामना राखे । त्यस्तै, कार्यक्रमकाे अध्यक्षता गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिहले गरेका थिए ।