FLASH NEWS
  • Loading...

तेस्राे अनन्त गिरी स्मृति छात्रा फुटवल प्रतियाेगिताकाे उपाधी प्रकाश माविलाइ

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ९० पटक पढिएको
तेस्राे अनन्त गिरी स्मृति छात्रा फुटवल प्रतियाेगिताकाे उपाधी प्रकाश माविलाइ

सदरमुकाम बेनीमा सम्पन्न तेस्राे अन्तर माध्यामिक विद्यालय स्तरीय छात्रा फुटवल प्रतियाेगिताकाे उपाधी प्रकाश मावि बेनीले हात पारेकाे छ ।

अाइतवार दिउँसाे बेनी दाेभान स्थित फुटवल मैदानमा सम्पन्न फाइनल खेलमा माउण्ट एभरेष्ट अावसिय माविलाइ १ का विरूद्ध ४ गाेलकाे फराकिलाे अन्तरले पराजित गरी उपाधी हाँसिल गरेकाे हाे ।

बेनीका स्व.अनन्त गिरीकाे स्मृतिमा दाेभान युवा क्लवले अायाेजना गरेकाे प्रतियाेगितामा सदरमुकाम वरपरका ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

विजयी टिमले ४५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र र दोस्रो हुनेले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियाेगिता गत शुक्रवारदेखी सुरू भएकाे हाे ।