FLASH NEWS
  • Loading...

बाढी पसेर बेनीकाे अानन्दबगरमा तीन घर पुरिए, यातायाात अवरुद्ध

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ३०२ पटक पढिएको
बाढी पसेर बेनीकाे अानन्दबगरमा तीन घर पुरिए, यातायाात अवरुद्ध

शनिवार राती १२ बजे परेको भारी वर्षापछि आएको बाढी पसेर बेनी नगरपालिका, १ आनन्दबगरमा तीन घर पुरेको छ । बाढीले सेती थापा मगर (६९)को दुई तले ढुङ्गेघरको पछाडीबाट आएको बाढी घरभित्र छिरेपछि पुरै दुई तलासम्मै पुरिएको छ । एक्लै रहेकी थापाको ज्यान बचेपनि अरु सवै अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपठासहित सवै पुरिएको हो ।

त्यस्तै केशव थापा र सोचिना घर्ती मगरेको घरमा पनि लेदोसहितको बाढी पसेर आंशिक पुरिएको छ ।

‘बाढी पसेर एउटा घर पुरै र अरु दुई घरमा आंशिक पुरिएको छ । ज्यान बाँच्यो । सडकले खोल्सामा बाढीको पूर्वानुमान नगरी सानो आकारको ह्युमपाईप राखिदिएकोले समस्या आएको हो’ बेनी नगरपालिका, १ आनन्दबगरको स्थानीय समकुमारी थापाले भनिन, ‘खोल्साको मुख ठूलो भएको भए बाढी बाहिर निक्लने थिएन, र यो विपत आउने थिएन ।’


बेनी–बाग्लुङ सडकको हुलाके स्थित खोल्सीमा राखेको हृयुमपाईपले बाढीलाई थेग्न नसकेपछि बाढी प्राकृतिक बाटो छोडेर धानखेत, केरावारी भत्काउँदै करिव ५ सय मिटर तल रहेको वस्ती छिरेको हो । बाढीले करिव ६० रोपनी धानखेत र ३० रोपनीबढी केरा खेती पनि नष्ट गरेको छ ।
त्यसैविच सोही बाढीले बेनी–बाग्लुङ सडकको हुलाकेमा पोखराबाट बेनी जाँगै गरेको एउटा स्करपियो जीप बगाएर तल सडकदेखी तल पुर्‍याएको छ । अर्को एक गाडी पनि हिलोमा फसेको छ । पोखरामा लाखे नृत्य प्रर्दशनगरी घर फर्कदै गरेका नेपाल भाषा मंका खलः म्याग्दीका १२ जना कलाकार सवार जेनेस श्रेष्ठको उक्त स्करपियो जीप शनिवार राती १२.१० बजे बाढीमा फसेको थियो ।


उनीहरुलाई राती नै सरदमुकाम बेनीबाट प्रहरी र स्थानीय पुगेर यात्रुहरुको उद्धार गरेपनि उनीहरु सवार जीप भने बाढीले बगाएको हो । बाढीले सडक बगाएपछि बेनी–बाग्लुङ्ग सडकमा यातायाात पूर्ण अवरुद्ध बनेको छ ।


त्यसैविच राती परेको भारी वर्षापछिको बाढीले बेनी नगरपालिका, ५ काठेखोलामा आदेवी घिमिरेको पनि घरमा क्षति पुगेको वडाध्यक्ष कृष्ण बानियाँले बताए । बेनी गरपालिकाका मेयर सुरत केसीका अनुसारे बेनी नपा, ९ गलेश्वर स्थित जडभरत शालग्राम संस्कृति माविमा पनि बाढी पसेर क्षति पुर्‍याएको र नगरक्षेत्रमा क्षतिको विवरण संकलन भैरहेको छ ।
रातीको भारी बर्षापछि पर्वतको जलजला गाउँपालिका खण्डका विभिन्न स्थानमा साना पहिरो झरेकोले म्याग्दीबाट देशका अन्य सहर जोड्ने मुख्य बेनी–मालढुङ्गा सडकमा यातायात अवरुद्ध बनेको छ ।