FLASH NEWS
  • Loading...

म्याग्दीका नेता उद्योगी, व्यवसायीलाई नेतृत्व विकास तालिम

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • १३७ पटक पढिएको
म्याग्दीका नेता उद्योगी, व्यवसायीलाई नेतृत्व विकास तालिम

म्याग्दी उद्योग वाणिज्य संघले अाफ्ना कार्यसमितिका पदाधिकारी, सदस्यहरू र मातहतकाे महिला उद्यमी विकास समितिका पदाधिकारीहरू अर्थात ब्यवसायीहरूका नेता ब्यवसायीलाइ नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी सीप सिकाउन थालेकाे  छ ।

‘विकासको आधारः उद्योग र व्यापार’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा शनिवारदेखी बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानीमा तालिम सुरू भएकाे हाे । तालिमको गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले उद्घाटन गरे । ब्यवसायीहरूलाइ अस्टेलियाका लागि नेपालका पूर्वराजदूत तथा नेपाल जेसीजको पूर्व राष्ट्रिय अध्यक्ष महेशराज दाहालले प्रमुख प्रशिक्षण म्याग्दी उद्योग वाणिज्य संघका महाँसचिव नारायण जिसीले बताए ।

संघले यस अघि पनि ब्यवसायीहरूलाइ गलेश्वरमा स्व–मूल्याङ्कन तालिमको आयोजना, कालीपुलमा पर्यटक सूचना केन्द्र र कोसेली घर सञ्चालन तथा महिला उद्यमीहरुका लागि सिपमूलक तालिम आयोजना गरेकाे थियाे ।