FLASH NEWS
  • Loading...

‘मिना परियारकाे मृत शरिर’मा भ्रुण रहेको पुष्टी, शव मिनाको र भ्रुण रामको भए/नभएको पुष्टी गर्न डिएनए परिक्षण गरिने

‘मिना परियारकाे मृत शरिर’मा भ्रुण रहेको पुष्टी, शव मिनाको र भ्रुण रामको भए/नभएको पुष्टी गर्न डिएनए परिक्षण गरिने

बेनी नगरपालिका, ९ गिठीनी कालीमुल जंगलमा हालै फेला परेको मिना परियारकाे भनिएकाे ‘सडीगलेको मृत शरिर’मा सडेगलेको अवस्थाकै भ्रुण रहेको खुलेको छ । शवको पोष्टमार्टम गर्दा मृत शरिर भित्र सडगलेको अवस्थाको भ्रुण भएको पुष्टी भएको हो ।
गत साउन २७ गते जंगलमा गंगटा खोज्ने क्रममा स्थानीयले शव फेलापारेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले जमिनमुनी गाडेको शव उत्खनन गर्दा अनुहार र लिङ्गपहिचान हुन नसक्ने अवस्थामा ‘सडेगलेको मृत शरीर’ फेला पारेको थियो ।
उत्खनन भएको ‘सडेगलेको मृत शरिर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पुर्‍याइ पोष्ट मार्टम गरिएकोमा रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोगगरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी अस्पताले ‘विज्ञ डाक्टर’ नभएको भनी फर्काएपछि प्रहरीले साउन २७ गते नै शवको पोष्ट मार्टम गर्न पोखरा पुर्‍याएको थियो । पोष्टमार्टम रिपोर्ट विहिवार मात्र आएको हो ।
‘गडेगलेको मृत शरिर’ महिलाको भएको र गर्भमा सडेगलेको अवस्थामा भ्रुण रहेको पोष्ट मार्टम रिपोर्ट आएपछि जिल्ला प्रहरी कार्यालयले फेला परेको मृत शरिर मीना परियारको हो वा होईन, मृतकको पेटमा भेटिएको भ्रुण ओरोपित राम खत्रीकै हो वा होईन भन्ने परिक्षण गर्न ‘मृत शव’ र मीना परियारका परिवारका सदस्यहरु तथा मृत भ्रुण र आरोपी खत्रीको डिएनए संकलन गरी नेपाल प्रहरीको विधीविज्ञान प्रयोगशालामा पठाउने’ तयारी गरेको जनाएको छ ।
‘बेनी नगरपालिका, ९ गिठिनी जंगलमा फेला परेको सडेगलेको मृत शरिर महिलाको भएको, पेटमा भ्रुण रहेको र धारिलो हतियारको प्रयोगगरी हत्या गरेको पुष्टी भएको छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृत समेत रहेका सूचना अधिकारी राजन रायमाझीले भने, ‘अव हामी उक्त शव वेपत्ता मीना परियारको हो वा होईन र भ्रुण आरोपित पात्रकै हो वा होईन छुट्याउनसम्बन्धित पात्रहरुको डिएनए संकलन गरी फरेसिक ल्याव परिक्षण गर्न राष्ट्रिय विधीविज्ञान प्रयोगशालामा पठाउने तयारीमा छौं ।’
गिठिनी जंगलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाहरुबाट उक्त शव करिव ८ महिनादेखी वेपत्ता १९ बर्षिय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो । शव पोष्टमार्टमपछि प्रहरीले मिनाको परिवारलाई बुझाएको छ ।
त्यसैविच मीनाको परिवारले ‘ज्यान सम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी मुद्धा दायर भएको छ । बाबु चन्द्रे नेपाली (परियार)ले गत साउन ३० गते मीनाका प्रेमी भनिएका छिमेकी २१ बर्षिय राम खत्री समेत आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध किटानी जाहेरी दायर गरेका हुन ।
०८० पुस १६ गते राती सवा ११ बजेदेखी बेनी नगरपालिका, ९ तोरीपानीकी १९ बर्षिया मीना परियार वेपत्ता थिईन । परिवार र समुदायले परियारको हत्या भएको आशंका गरेपनि शव फेला परेको थिएन । परिवारले ०८० पुस १६ गतेदेखी मीना वेपत्ता भएकोले खोजतलास गरिपाउन पुस २२ गते प्रहरीमा जाहेरी दिएको थियो । भने माघ २१ गते छिमेकी २१ बर्षिय राम खत्रीले नै मीना परियारलाई वेपत्ता बनाएको भन्दै ‘ब्यक्ति वेपत्ता पार्ने सम्बन्धी कसुर’ मा जाहेरी दिएको थियो । जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट ओरोपित राम खत्री यसअघि नै पूर्पक्षकालागी थुनामा छन ।
स्थानीय गलेश्वर माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययनरत परियार र राम खत्री विच प्रेम सम्बन्ध भै पटक पटक यौन सम्पर्कबाट मिनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक पटक उक्त गर्भ पतन गर्न दवाव दिएको फेसवुक म्यासेन्जरबाट खुलेको थियो । तर आरोपित खत्रीले प्रेम सम्बन्ध भै यौन सम्पर्क भएको स्वीकार गरेपनि हत्या, वेपत्ता पारेको आरोप भने अनुसन्धान गर्ने प्रहरी, मुद्धा अभियोजन गर्ने सरकारी वकिल र अदालतमा इन्कारी बयान दिंदै आएका थिए ।
त्यसैविच दलित अगुवा तथा संस्थाहरुले मीना परियारको अर्न्तरजातिय प्रेम सम्मन्धकै कारण हत्या भएको भएपनि विभिन्न दवावमा प्रहरीले अनुसन्धानमा चासो नदिएको आरोप लगाउँदै दैनिक प्रर्दशन गरिरहेका छन ।
‘सुरुमा पनि प्रहरीले जाहेरी लिन आनकानी गर्‍यो । हामीले काठमाण्डौ पुगेर साँसद, मन्त्रीलाई भन्न लगाएर बल्न ब्यक्ति वेपत्ता मुद्धा दायर भएको हो । अहिले पनि चनाखो नहुने हो भने मुद्धाले स्वरुप फेर्ला भन्ने क्रास छ’ संयुत्त राजनैतिक दलित संघर्ष समितिका लालु किसानले भने, ‘हामीले मीना र राम विचको म्यासेन्जर संवाद सार्वजनिक भएसँगै प्रहरीलाई सचेत गराएका हौं । अहिलेपनि मुद्धाको अनुसन्धान फितलाो होला, कानुनका नौ सिङ भन्छन, विषयान्तन हुन नदिन र मुद्धा कमजोर नबनाउन दवाव दिएका हौं ।’ तस्वीर ः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।