FLASH NEWS
  • Loading...

जैविक तरकारी डौडे खानुकाे फाइदै फाइदा, कमाइ पनी मनग्य

जैविक तरकारी डौडे खानुकाे फाइदै फाइदा, कमाइ पनी मनग्य

म्याग्दीका जाँगरिला कृषकहरुले जंगली जैविक र मौषमी तरकारी डौंडे बेचेर मनग्य आम्दानी गर्न थालेका छन ।
खेतवारीका कान्ला र खोल्सामा आफै उम्रने जैविक र मौषमी तरकारी डौंडे वेचेर उनीहरुले २ लाखबढी आम्दानी गर्छन । जिल्लाका दुर्गम दोवा, हिदी, भर्जुला, कुहुं, झिं, पाखापानी, बेग, दग्नाम, दर्मिजा क्षेत्रबाट डौंडे तरकारी बजारमा आउने गरेको छ ।
‘दिनभर कृषकले जंगलमा गएर डौंडे खोज्छन । साँझ मैले सवैको जम्मा गर्छु । भोलीपल्ट सदरमुकाम पुर्‍याएर तरकारी ब्यापारीलाई बेच्छु र वेलुका पैसा लगेर कृषकलाई बाँड्ने गरेको छु । सिजनमा मेहिनती कृषकले ३–४ लाखसम्म मेरै हातले बुझाउँछु’ अन्नपूर्ण गाउँपालिका, १ दोवाका जीप चालक/डौडेको भोविन्द्र गर्वुजाले भने, ‘गाउँको कान्ला र खोल्सामा प्रशस्त पाईने डौंडेलाई गाउँलेले टिप्छन । कृषकबाट किनेर ढुवानी खर्च बाहेक केजीमा १५–२० रुपैयाँ नाफा जोडेर ब्यापारीलाई दिन्छु ।’
असार–भदौ तीन महिना आफै उम्रने र जस्ले जति सक्यो उत्ति टिप्न पाईने डौंडे बेचेर ३०–५० हजार रुपैयाँ गाउँका प्रायः घरले कमाउँछन । स्थानीय ब्यापारीले कृषकबाट प्रति केजी ५५–६० रुपैयाँमा किनेको डौडे सहरका उपभोक्ताको भान्सामा पुग्दा एक सयदेखी १ सय ३० रुपैयाँमा मुल्य पर्ने गरेको छ । असारमा भन्दा भदाै लागेपछि डाैडेकाे मुल्य क्रमशः घट्छ ।
मौषमी जैविक तरकारी गाउँलेको आम्रो आम्दानीको श्रोत बनेको छ । डौडे मात्र होईन, मौषम र भुगोल अनुसारको निउरो, ढकायो, च्याउ, टुसा वेचेर मेहिनती कृषकले राम्रै कमाउँछन । १ हजार ४ सय मिटरदेखी २ हजार मिटर सम्मको उचाईको क्षेत्रका पानी भएको ठाउँमा डौंडे उम्रन्छ । झाडी भै उम्रने वहुबर्षिय डौडेको मुनालाई जति टिप्यो उत्ती पलाउने गर्छ ।
पहाडी क्षेत्रमा मुना टिपेर तरकारी/अचारको रुपमा प्रयोग गरिने उन्यू प्रजातिको निउरोलाई उम्रने सयम, उचाई, रंग र आकारले लुते, माछे, काली निउरो र डौंडे गरी चार प्रकारका हुन्छन । लुते निउरो चैत–वैशाखको सुख्खा बारीको कान्लामा उम्रन्छ । यो निउरो चिल्लो र झुस हुँदैन । वैशाख अन्तिमदेखी जेठसम्म ओसिलो वनजंगलमा पाईने माछे निउरो हो । यो निउरोको मुनाको माथील्लो वेरिएरको भागको दुवैपट्टी कालो भुत्ला टाँसिएको हुन्छ । अचारको रुपमा बढी प्रयोग गरिने माछे निउरो पनि सिजनमा निक्कै विक्रि हुन्छ ।
निउरो तथा डौंडे खानुको फाईदा धेरै छन । पूर्ण जैविक तथा अर्गानिक तरकारी भएकोले विषादी रहित छ । पोषण विदहरुका अनुसार कोलेस्टोर एवं वोसोजन्य पदार्थ नहुने निउरोमा प्रोटिन, कयाल्सियम, भिटामिन ए लगाएत पोषक तत्व पाईन्छ । यो वालबालिका र गर्भवती महिलाकालागी अझ लाभदायक मानिन्छ ।
नेपाली भान्सामा अर्गानिक तरकारी/अचारको रुपमा स्वादमा कहलिएको डौंडे/निउरो टिप्न भने सजिलो हुँदैन । बर्खायामको झरीवालदमा जुकाको टोकाई सहेर खोल्साखाल्सीको झाडिमा पुग्नु पर्छ । सर्पले टोक्न सक्ने र अन्य वन्यजन्तुले आक्रमण गर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । निउरो स्वादिलो वनस्पती भएपनि पकाउन भने सीप चाहिन्छ । पकाउने तरिका नमिल्दा यो टर्रो स्वादको वन्छ । निउरोको तरकारी वा अचार जे पकाउँदा पनि अमिलो भने चाहिन्छ ।