FLASH NEWS
  • Loading...

अव सरकारी अस्पतालका उपकरण मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्ने

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ११० पटक पढिएको
अव सरकारी अस्पतालका उपकरण मर्मत राष्ट्रिय आविष्कार केन्द्रले गर्ने

सङ्घीय अस्पतालहरूका बिग्रिएका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले पाएको छ । संघिय सरकार मातहतका १७ वटा अस्पतालहरूमा विग्रका उपकरणहरू मर्मत गनेर् सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको हो ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका तर्फबाट अध्यक्ष महावीर पुनले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे ।

‍मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार १७ अस्पतालमा भएका स्वास्थ्य उपकरणहरू मर्मत गरिने जानकारी दिए ।