FLASH NEWS
  • Loading...

गुडीरहेको वसमा ढुङ्गा लाग्दा दुई जना यात्रु घाईते

  • पुनहिल डट कम
  • ३ हप्ता अघि
  • ५०५ पटक पढिएको
गुडीरहेको वसमा ढुङ्गा लाग्दा दुई जना यात्रु घाईते

बेनी–जोमसोम सडक अर्न्तगत पर्ने रघुगंगा गाउँपालिका, २ मा पर्ने सिरुवारी पहिरोमा गुडिरहेको बसमा मंगलवार दिउँसो माथीबाट खसेको ढुङ्गा लाग्दा सवार दुई जना यात्रु घाईते भएका छन । बसमा २१ जना यात्रु सवार थिए ।
पोखराबाट जोमसोम तर्फ जाँदै गरेको ग १ ख ७७१७ नम्बरप्लेटको यात्रु बसले पहिरो छिचोल्ने क्रममा माथीबाट ठुलो ढुङ्गा खसेर बसमा लाग्दा सवार बेनी नगरपालिका, ४ सिङ्गा म्याग्दीकी २१ बर्षिया पुजा खड्का र गुल्मी इस्मा गाउँपालिका, २ घर भै हाल कास्की पोखरा लेखनाथ बस्ने ३१ बर्षिया मिना नेपाली घाईते भएका हुन ।
घाईतेहरुको बेनी अस्पतालमा उपचार भैरहेको र घाईते मध्य मीनाको टाउको, बायाँ खुट्टामा र पुजाको बायाँ हात तथा खुट्टामा चोल लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन रायमाझीले बताए । उपचाररत घाईतेहरुको श्वास्थ्य अवस्था खतरा मुक्त छ ।
बेनी–जोमसोम सडकमा गत वर्षदेखी थपिएको यो सिरुवारी पहिरोलाई बेनी–जोमसोम–कोरोला सडक आयोजनाले अतिजोखिमयुक्त पहिरोको सूचिमा राखेको छ । यो पहिरोमा पानी पर्दा हरेक दिन स्काभेटर लगाएर पहिरो पन्छ्याउने र यातायात सूचारु गर्ने गरिएको छ ।
तस्वीर ः राजु राम्जाली