FLASH NEWS
  • Loading...

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • पुनहिल डट कम
  • ४ हप्ता अघि
  • २०३ पटक पढिएको
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

जनैपूर्णिमाको दिन हुने प्रशिद्ध शक्तिपीठ खयरवराही समेत जिल्लाका सवै वराही मन्दीरहरुमा वली चढाउन चरन खर्कहरुमा भेडा ब्यापार मेला लागेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ स्थित समुद्रसतहदेखी चार हजार ६ सय ४० मिटर उचाईमा अवस्थित खयरवराही शक्तिपीठमा वली दिन भक्तजनलाई आईतवार खयरखोला, नौलोवन चरन क्षेत्रका ९ वटा भेडा गोठले एकै दिन कम्तीमा सानाठूला ३ सय ६० खासीवोका बेचेर ५० लाख बढी आम्दानी गरेका छन ।
खयरवराह जस्तै प्यारीवराह, नागी वराह, मणीवराह, निस्कोट वराह, कालीवराह, ढोरवराह समेतका शक्तिपीठहरुमा जनैपूर्णीमाको अवसरमा ठूलो संख्यामा पशुवली दिई पुजा गर्ने गरिन्छ । वराही शक्तिपीठको धार्मिक महत्व मात्र छैन, फिरन्ते भेडा पालक कृषककालागी खसीबोका विक्रि गर्ने गतिलो अवसर बन्ने गरेका छन । बराह पुजा, भुमे पुजामा पशु वली दिने प्रचलन फिरन्ते भेडा पालक पेशालाई प्रर्वद्धन गरेको छ । खयरवराह मन्दीरमा वढी चलाईने भेडालाई न्यूनतम १५ हजारदेखी ३५ हजारसम्म मुल्य कायम गरिएको थियो ।


‘यस पटक मैले पाँच लाख मुल्य बराबरका भेडाबाख्रो बेचें । हाम्रो लागी आज खुशीको दिन हो’ खयरखोलका भेडा गोठाला लालबीर पाईजाले भने, ‘बर्षभरी झरीवादल, हिउँ र सवै दुःखकष्ट सिरानी हालेर सुत्छौं । आज एक दिन पैसा सिरानी हाल्ने र दुःख विर्सने अवसर पनि हो ।’
गाउँ–गाउँमा लाग्ने यस्ता पुजाअर्चनाहरु फिरन्ते बोका तथा भेडाको साँढ ब्यापार गर्ने गतिलो अवसर हो । यस क्षेत्रका खयरबराह, प्यारीवराह, रिखारबराह, ढोरपाटनको ढोरबराह, विमको मालिका मन्दीर, दानाको भूमे, चिमखोलाको मण्डलीभूमे, गुर्जाको बराह ठूला र बढी भेडाको वली चढाईने वाराही थान हुन ।

यहाँको हिमाली क्षेत्रका चरन क्षेत्रमा फिरन्ते शैलीमा पालिने भेडाबाख्रा बजार पुर्‍याउने झन्झट छैन । गाउँ–गाउँमा गरिने भूमेपुजा, बराह पुजा, विभिन्न जाति, जनजाहिरुको कुलपुजामा भेडाको वलीदिएर पुजा गर्न स्थानियले गोठबाटै खोसाखोस गर्छन ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय म्याग्दीका अनुसार जिल्लाका एक सय ९३ जना कृषकले परम्परागत तरिकाले फिरन्ते शैलीमा भ्याङ्लुङ्ग र बरुवाल जातका १४ हजार रैथाने भेडा पाल्दै आएका छन । शिख, नारच्याङ, दाना, दोवा, बेगखोला, भगवती, चिमखोला, कुईने–मंगले, मल्कवाङ्ग, मुदी, मुना, लुलाङ्ग र गुर्जा भेडापालन पकेट क्षेत्र हुन ।