FLASH NEWS
  • Loading...

खयरवराहसमेत हिमाल फेदीका वराही शक्तिपीठ उक्लिदै भक्तजन

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६५ पटक पढिएको
खयरवराहसमेत हिमाल फेदीका वराही शक्तिपीठ उक्लिदै भक्तजन

जनैपूर्णिमाको दिन खयरवराही समेत वराह शक्तिपीठहरुमा पुजाअर्चना गर्न हजारौं भक्तजनहरू हिमालमुनीका वराहताल/मन्दीर तर्फ उक्लन थालेका छन । खयरवराही मन्दीर जान हिंडेका अधिकांश यात्रु आज खोप्रा लेक उक्लेका छन ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ५ मा पर्ने ४ हजार ६ सय ३० मिटर उचाईमा अवस्थित खयरवाराही मन्दीर समेत घराम्दीको प्यारीवराही, राम्चेको नागीवराही, दोवाको मणीबराही, घारको कान्छीवाराही, मंगलेको ऋखारवराह समेत वराही शक्तिपीठमा भक्तजनहरु टाढाटाढाबाट खयरवाराह ताल र मन्दीर पुग्ने भक्तजन त्यस तर्फ लागेका हुन ।
किम्बदन्ती अनुसार वराहीका नौ बहिनीमध्य खयरबराही जेठी, पोखराको फेलाताल विचमा रहेकी तालबराही माईली, घोरेपानी, खिवाङ र घराम्दीको विचमा पर्ने प्यारीवराही साईली, दोवाको मणीबराही काईली, नागी बराही थाईली, घारको गाडपानी स्थित कान्छीवाराही चिनिन्छ ।
म्याग्दीका अन्य स्थानमा पनि बराह तथा बाराही पुजा हुन्छ । रिखार वराह, गुर्जा वराह, निस्कोट वराह, काली बराह, श्रीखर्क वराह, दहखर्क बराह आदी हुन । यी स्थानमा पुग्न झक्तजन शुत्रवार देखी नै त्यता लागेका छन ।
‘खयरवराही मन्दीर परापुर्वकालदेखी पुर्खाहरुले शक्तिपीठको रुपमा पुज्दै आएका छन । यहाँ आएर भाकल गरेमा मनोकांक्षा पुरा हुने अटुट विश्वास रहेको छ । खयरवराही मन्दीरमा भाकल (वरमाग्ने) पुरा भएपछि वाचा पुरा गर्न सेतेगोरे भेडाको साँडले वली दिनु पर्ने र सन्तान भए देखाउन ल्याउने गरेका छन’ खयरवराही मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष राजु पुनले भने, ‘विश्वास नभै यो हिमालको जरोमा दुखकष्ट गरी को आउँथ्यो र । फेरी यस्ता हिमाली डाँडा त धेरै छन, यहीं दैवीशक्ति भएकैले लोकले बलियो विश्वास लिएको छ ।’


हिन्दु शास्त्रिय मान्यता अनुसार बराहलाई भगवान विष्णुको दश अवतार मध्य एक तेस्रो अवतार मानिन्छ । बराह दाहृा निक्लेका बँदेल स्वरुपमा विष्णु अवतार भएको मानिन्छ । त्यसैगरी वराहीलाई देवी लक्ष्मीका स्त्री बँदेलको स्वरुप मानिन्छ । सोही अनुसार पुज्य रहेका छन । घोडामाथी चढेकी, दायाँका दुई हातमा खड्ग र अंकुश तथा बायाँका दुई हातमा ढाल र पाशा समातेकी बँदेल मुख भएकी, काली वर्णकी र दाहृाले पृथ्वी बोकेकी त्रि–नेत्र भएकी स्वरुपलाई बराहीदेवीको रुपमा मान्ने गरिएको छ ।
वाराही शक्तिपीठको दर्शन र पुजा गरे ‘मनोकामना पुरा हुने जनविश्वास छ । धेरै दुख, कस्ट सहेर हिमाली लेक उक्लेका भक्तजनले खयरवराही मन्दीरमा छोराछोरी, पढाई, विवाह, धनसम्पत्ति, वैदेशिक रोजगारी, वेलायती सेनामा भर्तीको वर माग्छन । वर माग्न तिर्थलुले खयरवराह तालमा उभिएका पुजारीलाई आफुले माग्न खोजेको ‘वर’ सुनाउँछन । अनि पुजारीले ताल तिर फर्केर भक्तजनको नाम पुकार्दै …मागेको वर देउरे खयरवाराहीमाता भन्दै चिच्याउँछन । र प्रसादस्वरुप डुबुल्कि मारेर तालको पींधबाट मुठीमा जे आउँछ, झिकेर भक्तजनले हातमा थापेको सेतो रुमालमा राखिदिन्छन । देवीको प्रसाद ग्रहणगरेपछि भक्तजन तल धोतीखोला पार नहुन्जेलद कोही, कसैसँग नबोली, पछि नफर्की जानु पर्छ ।

भाकल पुरा भएपछि भक्तजन जनैपूर्णिमाको दिन फेरी खयरता र वाराहीदेवीसँग पुगेर ‘वर’ माग्ने वेला के दिन्छु, भाकल पुरा गदिदेउ भनी मनमा संकल्प गरिएको थियो, सोही सामाग्री लिएर चढाउन आउने पर्छ । अधिकांश भक्तजनले भाकल पुरा भएपछि खयरवाराही देवीलाई भेडाको साँढ (थुमा)ले वली चढाउँछन । शाकाहारीहरुले जटाधारी नरिवाल, धजाअक्षता, गहना आदी चढाउँछन । सन्तान वर मागेकाले सन्तान नै देखाउन ल्याउने पनि चलन छ ।
जनपूर्णीमाका बेला तिर्थालुहरुले वास बस्न र खानाकालागी खोप्रा, नौलोवन, खयरखोला समेतका स्थानमा प्लास्टिक टनेलहरु, खानेपानीका धारा, अस्थाई होटल तथा शौचालयहरु निर्माण गरिएको हुन्छ । खानाको पैसा लागेपनी बास बसेको पैसा लाग्दैन, ओढ्ने भने यात्रुले आफै ब्यवस्था गर्नु पर्छ ।
काठमाण्डौ, पोखरासमेत सहरबाट बेनीहुँदै बस, जीपमा जान सकिन्छ । पोखरेबगरबाट ४–५ घन्टा हिंडेर पहिलो रात पाउद्धार गाउँमा बास बस्न सकिन्छ । दोस्रो दिन ४–५ घन्टा उकालो चढेपछि खोप्रा पुगिन्छ । बाटो ढुङगाको सिंढी राखेर चिटिक्क पारिएको छ । छोटो–छोटो दुरीमा विश्राम गर्ने चौतारी भेटिन्छन । खोप्रामा सामुदायीक होटल छ । छुट्टै तीर्थयात्रुको सुविधाकालागी अस्थाई प्लास्टिक घर पनि बनाईएको हुन्छ ।