FLASH NEWS
  • Loading...

खुम्बुमा हिमताल फुट्दा तटका घरहरु बगायो, दुधकोशी नदी तटिय क्षेत्रमा जोखिम

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २४५ पटक पढिएको
खुम्बुमा हिमताल फुट्दा तटका घरहरु बगायो, दुधकोशी नदी तटिय क्षेत्रमा जोखिम

हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरु बगाएको छ ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरमा रहेका हिमतालहरु फुट्दा थामे बस्तिका केही घर र होटलहरु बगाएको हो ।

थामे खोलको शिरमा रहेका हिमताल हरु फुटेर बाढी आएको खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रबक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए । उक्त क्षेत्रमा संचार सम्पर्क पनि स्थापित हुन नसकेकाले कतिवटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भईरहेको प्रबक्ता शेर्पाले बताए ।

सिंगो थामेमा बाढी पसेको र एउटा होस्टल र २ वटा होटलहरु पूर्ण रुपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि द्वारिका प्रसाद घिमिरेले बताए । थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटिय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताईन् ।

तटिय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल समेत गरेको छ । दुधकोशी नदि बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरुमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुर्यायो भन्न्ने यकिन भने हुन सकेको छैन ।