FLASH NEWS
  • Loading...

कालीगण्डकीले धिरच्याङमा कुखुराकाे खाेर बगायाे

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ३२० पटक पढिएको
कालीगण्डकीले धिरच्याङमा कुखुराकाे खाेर बगायाे

अन्नपुर्ण गाउँपालिका, २ कटुन्जेकाे भीरडिल  गएराती भत्केर कालीगडकी नदीमाथी खसेपछि छालसहित पानीकाे बहाव परिवर्तन हुँदा साेही पालिका, ६ घार धिरच्याङ स्थित सात सय कुखुरासहित २ वटा फार्म बगाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजन रायमाझीका अनुसार नदीपारीबाट भीरपहरा फुटेर कालीगण्डकीमा खसेपछि नदीकाे भेल राेकिएर छालसहित नदीपारी खेतफाँटमा रहेकाे गुरूप्रसाद खत्रीकाे कुखुरा फार्ममा हुत्तिएकाे हाे । अहिले नदी अाफ्ने वाटाेमा बगेकाे र खतरामुक्त रहेकाे छ । पहिराे कालीगण्डकी नदीकाे बर्खे भेलमा बज्रदा निक्लेकाे छालले धान खेतसमेत केही कटान गरेकाे छ ।