FLASH NEWS
  • Loading...

अान्दाेलन चर्केपछि बंगलादेशी प्रधानमन्त्री भागेर भारतको त्रिपुरा पुगिन्

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ६० पटक पढिएको
अान्दाेलन चर्केपछि बंगलादेशी प्रधानमन्त्री भागेर भारतको त्रिपुरा पुगिन्

बंगलादेशी प्रधानमन्त्री शेख हसिना भागेर भारतको त्रिपुरा राज्य पुगेकी छिन् ।

विद्यार्थीहरूले आरक्षणको विरोधमा सुरु गरेको विरोध प्रदर्शन हिंसात्मक भएर एकैदिन १०० भन्दा धेरैको ज्यान गएके र आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा त्रिपुरा पुगेकी हुन ।

बंगलादेशको प्रमुख अखबार प्रथम आलोका अनुसार शेख हसिना सोमबार दिउँसो २ः३० बजे बंगभवनबाट सैनिक हेलिकप्टरमा उडेकी हुन् ।

त्यतिबेला उनकी बहिनी शेख रेहाना उनीसँगै थिइन् । उनीहरु हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको स्रोतले जनाएको छ ।

यसैबीच समाचार एजेन्सी एएफपीले शेख हसिना र उनकी कान्छी बहिनी शेख रेहानाले बंगभवन छोडेर सुरक्षित स्थानमा पुगेको बताएको छ । शेख हसिना जानुअघि भाषण रेकर्ड गर्न चाहन्थिन् । उनले त्यो मौका पाइनन् ।

प्रधानमन्त्रीले देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सेना मुख्यालयमा विभिन्न राजनीतिक दलका नेता र विशिष्ट व्यक्तिसँग भेटवार्ता गरिरहेका छन् । बैठकमा राष्ट्रिय पार्टीका वरिष्ठ सहअध्यक्ष अनिसुल इस्लाम महमुद र पार्टीका महासचिव मुजिबुल हक चुन्नुलाई आमन्त्रण गरिएको छ ।

यो बैठक सैनिक मुख्यालयमा चलिरहेको छ । ढाका विश्वविद्यालयका कानून विभागका प्राध्यापक आसिफ नजरुललाई पनि सेना प्रमुख जनरल वकार–उज–जमानसँगको बैठकमा आमन्त्रित गरिएको थियो ।

सेना प्रमुख जनरल वकार–उज–जमानले जनतालाई हिंसाबाट टाढा रहन र धैर्यता अपनाउन अनुरोध गरिएको छ।