FLASH NEWS
  • Loading...

बैसरीमा पहिरो रोक्न रक एङ्करिङ, स्वयल नेलिङ र वाटर ट्रिटमेन्ट गरिँदै

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ४०७ पटक पढिएको
बैसरीमा पहिरो रोक्न रक एङ्करिङ, स्वयल नेलिङ र वाटर ट्रिटमेन्ट गरिँदै

कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम सडकको बेनी–घाँसाखण्डको पहिरोग्रस्त क्षेक्रको अति जोखिमयुत्त पहिरोमध्यको एक बैसरी पहिरोमा ‘रक एङ्करिङ’ प्रविधीबाट पहिरो रोकथाम गर्ने प्रयास सुरु भएको छ ।
भीरको डिलबाट निरन्तर लेदो सहित ढुङ्गामाटो तल सडकमा खस्ने भएकोले दैनिक यातायात अवरुद्ध हुने मात्र होईन मानवीय तथा भौतिक क्षति समेत ब्यहोर्नु परेको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाले अहिले बैसरी पहिरोको माथी डिलमा खस्न ठिक्क परेका ठूला ढुङ्गाहरु ड्रिलगरी केमिकलको प्रयोगबाट विष्फोट गरी फुटाएर खसाल्ने, माटो मान्छे लगाएर तल खसाई माटो शुन्य वनाउन रक एङ्करिङ र स्वायल नील गर्न थालेको हो ।

कालीगण्डकी करिडोर आयोजनाले बैसरी पहिरोको डिलभागलाई ढुङ्गामाटो शुन्य वनाएपछि भीरको पत्थरमा ड्रिलगरी ठुला रड घुसाउने, वेसमा कंक्रिटगरी रडको आड लिएर ग्याभीन भर्ने र पहिरोको शिरानमा रहेको ठूलो पानीलाई नाली र पाईपबाट सुरक्षित स्थलमा पुर्‍याउने काम पनि एकसाथ भैरहेको जनाएको छ । रक एङ्करिङ, स्वयलनेल, पहिरोमा पाईप घुसाएर पानी फाल्ने काम बाहेक बाँस रोप्ने, अन्य घाँस रोप्ने योजना छ ।
‘पहिरो अध्ययन विज्ञ टोलीले दिएको सुझाव अनुसार नै बैसरी पहिरोमा रक एङ्करिङ, स्वयल नेलिङ र वाटर ट्रिटमेन्टको काम गरिरहेका छौं । पहिरोका ठूला ढुङ्गाहरु ड्रिलगरी केमिकल प्रयोगबाट फुटाएर हटाएपछि पहिरो रोकिने विश्वास गरेका छौं’ बेनी–जोमसोम–कोरोला सडक आयाोजनाका फिल्ड सव इन्जिनियर सोहनजंग कार्कीले भने, ‘पहिरो रोकथाम गर्ने छुट्टै बजेट प्राप्त नभएपनि नियमित बजेटबाटै बेनी–घाँसा खण्डमा पहिचान गरिएका अति जोखिमयुक्त पहिरोमध्य बैसरीबाट बायोइन्जिनियरिङ विधीबाट पहिरो रोकथाम काम सुरु गरेका हौं ।’


आयोजनाले गत हिउँमा जियोलोजिष्टहरु समेत २० जना विभिन्न विषयका विज्ञहरुले परिचालन गरी बेनी–घाँसासम्मको पहिराहरुको भुगर्भीक अध्ययन गराएको थियो । सोही विज्ञहरुको टोलीले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डका वैसरी पहिरो, सिरुवारी पहिरो, गुईठेपहिरो र खामभित्ता पहिरो समेत ९ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ पहिरा भनेको थियो ।
जियोलोजिष्टहरु समेतका बेनी–जोमसोम सडकका पहिरो अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एङ्करिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत पहिरो उपचार विधी सुझाएका थिए ।’
आयोजनाले सडकको पहिरोग्रस्त ३८ किमी खण्डमा पानी पर्ने वित्तिकै पहिरो खस्ने भएकोले मनसुन अवधिभरकालागी स्काभेटर र लोडर स्ट्याण्डबाई राखेको जनाएको छ । मनसुन सुरु भएपपछि बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन । पहिरोग्रस्त भीरमाथीबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन ।


अर्न्नपूर्ण र धौलागिरी हिमालको विचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेक्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अर्न्तगत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यत्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय वस्तीकालागी सँधैको त्रास पनि हो ।
आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहराबढी भएको यस क्षेत्रमा सडक खन्दा अतिबढी रक ब्लाष्टिङ भएको तर विष्फोटन पछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले बर्षेनी भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिएको हो ।
आयोजनाले ९ वटा पहिरोको रोकथाम गर्न औषत ६ करोडको दरले ५४ करोडबढी लागत लाग्ने पूर्वानुमान गरेको छ ।