FLASH NEWS
  • Loading...

पर्वत जलजलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ११३ पटक पढिएको
पर्वत जलजलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ ।

गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म उपचारमा आउनका लागि निःशुल्क सेवाको शुभारम्भ गरेका थिए ।

गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने, सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलाग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

‘जनशक्तीको ब्यवस्थापन गरिएको छ, सेवालाई प्रभावकारी बनाउने गरी सचिवालय बनाएका छौ’ अध्यक्ष आचार्यले भने । उनका अनुसार आर्थिक अभावका कारण गर्भवती घरमै सुत्केरी गराउन नपरोस् भन्ने उद्देश्यले पहिलो प्राथमिकता दिइएको छ ।

गाउँपालिका भित्र निशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । ‘२४ घण्टै सेवा उपलब्ध हुन्छ, सेवामा आवश्यकता अनुसार सुधार हुन्छ’प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले भने ।

‘भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन असहज छ, सुत्केरी, गर्भवतीका लागि झनै समस्या थियो’ आचार्यले भने।

गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने बताए । निःशुल्क बबाहेकका अन्य व्यक्तिलाई भने सशुल्क सेवा प्रदान गरिने उनले बताए ।

उनका अनुसार सेवाप्रवाहका लागि गाउँपालिकाले निशुल्क टोल फ्रि नम्बर १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाका कुनै गुनासो, प्रतिकृया, सुझाव, सल्लाह, राय दिन सकिने गाउँपालिकाले जनाएको छ । कूल जनसंख्या २१ हजार ११९ रहेको जलजला गाउँपालिकामा ९ वडा रहेको छ भने ८२.२६ वर्गकिलोमिटरमा फैलिएको छ ।

‘पालिकाभित्र सुत्केरी गराउन नसकी पालिका बाहिरका जुनसुकै अस्पतालमा पनि सुत्केरी गराउन लैजानुपर्ने अवस्था आउनसक्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा अस्पतालसम्म पु¥याउन र सुत्केरी गराएर घरसम्म फर्काएर ल्याउनका लागि गाउँपालिकाले नै निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सुरु गरेको हो ।’

गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको थालनी गरेको गाउँपालिका उनको भनाइ छ ।