FLASH NEWS
  • Loading...

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेन मनिषरत्न शाक्यकाे उपचार हुँदै

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ८७९ पटक पढिएको
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेन मनिषरत्न शाक्यकाे उपचार हुँदै

तस्वीर ः उकेराबाट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको शव निकालिएको र एक जनालाई जीवितै उद्धार गरिएको र उनके अस्पतालमा उपचार भैरहेके नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

उद्धार गरिएका विमानका क्याप्टेन मनिषरत्न शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल सिनामंगल लगिएको छ।

यसअघि नेपाल प्रहरीले १५ जनाको मृत्यु भएको र चार जना अस्पतालमा रहेको बताएको थियो। उसले तीन जना त्रिवि शिक्षण अस्पताल र बाँकी एक जना केएमसी अस्पतालमा रहेको जनाएको थियो।

बुधबार विहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाईन्सको ९एन-एएमई कलसाइन रहेको विमान उड्ने बितिकै दाहिनेतिर मोडिएर पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनापछि तत्काल उद्धार कार्य शुरू गरी आगो नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।