FLASH NEWS
  • Loading...

आज साउनको पहिलो सोमबार, गलेश्वरसमेत शिवालयमा भक्तजनको भीड

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ४०० पटक पढिएको
आज साउनको पहिलो सोमबार, गलेश्वरसमेत शिवालयमा भक्तजनको भीड

साउनको पहिलो सोमबार आज म्याग्दीकाे गलेश्वरधाम, बेनी शिवालय लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमबारका दिन आज गलेश्वरधाम, बेनीशिवालय लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन्।