FLASH NEWS
  • Loading...

पहिरोमा परी घाईते जर्सीगाईको मान्छेले बाेकेर उद्धार

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १५६९ पटक पढिएको
पहिरोमा परी घाईते जर्सीगाईको मान्छेले बाेकेर उद्धार

अन्नपूर्ण गाउँपालिका, ८ राम्चेमा पहिरोमापरी घाईते भएको जर्सी गाईको ५ दिनपछि स्थानीयले उद्धार गरेका छन ।
राम्चेका खिमबहादुर गर्वुजाले कास्की पोखराको हेम्जाबाट एक लाख ६० हजारमा किनेर ल्याएको ब्याउने जर्सी गाई गत साउन २ गते राती सोही वडाको राम्चे र नागी वस्तीविचमा पर्ने थवनडाँडामा खसेको पहिरो तार्ने क्रममा खोल्सीमा खसेको थियो । साउन १२ गते ब्याउनु पर्ने गाई पहिरोमा लडेर गर्भमै तुहिएपछि शनिवार वडा कार्यालयमा कार्यरत पशु प्राविधिकले मरेको वाच्छो झिकेका थिए । घाइते गाईको उपचारपछि श्वास्थ्यमा सुधार आएकोले आईतवार स्थानीयवासीले बाकेर उद्धारगरी घर पुर्‍याएका हुन ।

‘पहिरोमा लडेर घाईते भएको जर्सी गाई उठन सक्ने अवस्थामा थिएन । हिजो मैले गर्भमै मरेको बाच्छो झिकेर फालेपछि आज उठ्न सक्ने भएकोले स्थानीयले बाकेर उद्धार गरेका हुन’ अन्नपूर्ण गापा, ८ वडा कार्यालयमा कार्यरत नायव पशु सेवा प्राविधिक संगिता पुनले भनिन, ‘घाईते गाईको लगातार ५ दिन घाउ ड्रेसिङ गर्ने, औषधी खुवाउने, डाईटहुने खाना खुवाउने गरेपछि तँग्रेको छ ।’
पोखराबाट बोलेर जीपमा राखेर ल्याएको गाई राती १० बजे घर नजिकै पुर्‍याउँदा सडक माथीबाट ठूलो ढुङ्गा खसेर यातायात अवरुद्धभएपछि जिपले गाई ओर्‍हालेर फर्केको र गाईधनीले हिंडाएर पहिरो पार गर्न खोज्दा चिप्लेर गाईसमेत धनी खोल्सामा खसेका थिए । गर्वुजाको घाईते अवस्थामा उत्तिवेलै उद्धार गरिएको थियो । गाईलाई साउन ३ गते विहान स्थानीयको सहयोगमा घिसार्दै केही पर सुरक्षित स्थलमा राखेर उपचार सुरु गरिएको थियो ।
‘पहिरोमा लडेर घाईते गाईको उपचारपछि आज हामी ३०–३५ जना स्थानीयले गाईको दुवैपट्टी जिआई पाईप राखेर डोरीले गाईलाई पाईपमा बाँधी बोकेर गोठ पुर्‍याएका हौं’ गाईको उद्धारमा खटिएकामध्यका यामबहादु पुर्जाले भने, ‘मैले गाउँमा चीज उद्योग चलाएको छु, त्यहीं दुध बेच्न उहाँले गाई ल्याउनु भएको हो । उहाँ र गाई दुवै बाँच्नु भयो, खुसी लागेको छ ।’
अन्नपूर्ण गापा, ८ राम्चेमा २७ जना कृषकले दुधकालागी जर्सी गाई पाल्दै आएका छन । उनीहरुले स्थानीय राम्चे चीज उद्योगमा दैनिक एक सय ६० दुध बेच्दै आएका छन ।