FLASH NEWS
  • Loading...

अन्नपुर्ग गाउँपालिकामा साउने संक्रान्तिकाे सार्वजनिक विदा

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ९८ पटक पढिएको
अन्नपुर्ग गाउँपालिकामा साउने संक्रान्तिकाे सार्वजनिक विदा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस वर्षपनि साउने संक्रान्तिको अवसरमा मंगलवार सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाभित्र मगर/पुन समुदायले हर्षोउल्लासका साथ मनाइने साउने संक्रान्ति अर्थात राँके संक्रान्तिको अवसरमा मंगलवार गाउँपालिका भरिका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिईएको गाउँपालिकाका उपप्रमुख दीवा तिलिजाले बताइन ।

गत असार १२ गतेको गाउँसभा बैठकको निर्णय बमोजिम गाउँपालिकाले स्थानीय राजपत्रमा सार्वजनिक विदा सम्बन्धी सूचना प्रकाशन गरेर साउने संक्रान्तिमा विदा दिएको जनाएको छ ।

परम्परागत रुपमा कृषि पेसालाई मुख्य पेसा बनाउने भएकाले असार महिनामा हिलो र माटोमा धान, कोदोको रोपाँइ सकेपछि हिलो माटोमा काम गर्दा आउने छालाका रोग लुतो पिलो फाल्न प्राकृतिक औषधी संकलन गर्ने र साँझ घरबाट राँको फाल्ने चलन रहेको छ ।