FLASH NEWS
  • Loading...

यस्तो रहनेछ आइतबारको मौसम

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ५२ पटक पढिएको
यस्तो रहनेछ आइतबारको मौसम

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकीका आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही साथै मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ।

यसैगरी, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।