FLASH NEWS
  • Loading...

असार २९ सम्म म्याग्दीमा बाढीपहिरोले ८ घर बगे, १२ घरपरिवार उच्च जोखिममा, ७१ जना विस्थापित

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १०७८ पटक पढिएको
असार २९ सम्म म्याग्दीमा बाढीपहिरोले ८ घर बगे, १२ घरपरिवार उच्च जोखिममा, ७१ जना विस्थापित

यस वर्षकाे मनसुन सुरू भएयता  आएको बाढी पहिरोले ताकममा २ जनाको ज्यान गएको छ । पहिरोले एक विद्यालय भवन समेत ८ घर बगाएको/पुरेको छ । बाढी पहिरोबाट एक प्रहरी विट समेत १२ घर उच्च जोखिममा परेका छन ।
प्रहरी विवरण अनुसार रघुगंगा गापा, ७ चिमखोलामा ४ घर पहिरोले बगाएको छ भने चिमखोला अस्थाइ प्रहरी विटसमेत थप चार घर उच्च जोखिममा परेका छन । चिमखोलामा पहिरोले गोठ समेत ३७ वटा बाख्रा पुरेको छ । सामुदायीक भवन, आमा समुह भवन समेत पनि बगाएको छ ।
त्यस्तै, रघुगंगा गाापा, ४ दग्नाम स्थित जनता माविको कक्षा १–३ कक्षा कोठा भत्केको छ । रघुगंगा गापामा घर क्षति भएका र विस्थापित भएका समेतगरी ३२ जना विस्थापित भएका छन । विस्थापितहरुलाई गाउँकै सुरक्षित स्थलका रिक्ता घरमा लगेर राखिएको छ ।


धवलागिरी गाउँपालिकामा पहिरोले २ जनाको ज्यान लिएको छ । पहिरोले १ घरमा पूर्ण क्षति पुगेको छ । बेनी नगरपालिकामा पहिरोको उच्च जोखिममा परेको एक घरका ३ जना विस्थापित भै सुरक्षित स्थलमा राखिएको छ ।
मंगला गाउँपालिकामा पहिरोले १ घर पूर्ण क्षति भएको छ भने २ घर उच्च जोखिममा छन । मंगला गापामा क्षति भएका र जोखिममा परेका समेत शनिवारसम्म ९ जना विस्थापित भै आफन्तको घरमा आश्रय लिएर बसेका छन ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रहेका प्रहरी निरिक्षक राजन रायमाझीले दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण गाउँपालिकामा १ घरमा पूर्ण क्षति पुगेको छ । ५ घर उच्च जोखिममा परेको छ । घर क्षति भएका तथा जोखिममा परेका समेत ६ परिवारका १८ जना विस्थापित छन । तर अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दीवा तिलिजाका अनुसार शनिवारसम्म दोवा, कटुन्जे, घार, स्वातासमेतका वस्तीमा गएको पहिरोबाट उच्च जोखिममा परेका २३ घरपरिवारका ६२ जना विस्थापित भएका छन । थप एक सय परिवार जोखिममा छन । अन्नपूर्ण गापामा पहिरोमा पनि २५ बाख्रा मरेका छन ।