FLASH NEWS
  • Loading...

पहिरोले बेनी–जोमसोमको ६ स्थानमा यातायात पूर्ण अवरुद्ध

  • पुनहिल डट कम
  • १ महिना अघि
  • ६६४ पटक पढिएको
पहिरोले बेनी–जोमसोमको ६ स्थानमा यातायात पूर्ण अवरुद्ध

हिमालपारीको जिल्ला मुस्ताङ्ग जोड्ने कालीगण्डकी करिडोर अर्न्तगतको म्याग्दी क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकको गलेशवर–घाँसा खण्डमामा कम्तीमा ६ स्थानमा पहिरो खसेकोले यातायात पूर्ण अवरुद्ध छ ।
प्रहरीका अनुसार पहिरोले रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ, वडा नं २ को सिरुवारी र सोही पालिका, ३ मा पर्ने वैसरीमा पहिरो खसेको छ । त्यस्तै अन्नपूर्ण गाउँपालिका, ६ भीरकाटे, सोही पालिका, २ को तातोपानी, वडा नं ३ मा पर्ने गुईठेभीर र रुप्सेछहरा क्षेत्रमा पहिरो खसेका छन ।
पहिरो झरेका मध्य भीरकाटेको पहिरो बाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुन सिजनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरा हुन ।
त्यसैगरी सदरमुकाम बेनीबाट पश्चिम मंगला, मालिका र धवलागिरी गाउँपालिका तथा पश्चिम बाग्लुङको ताराखोला गापा जोड्ने बेनी–दरवाङ–मुना सडकको पनि बेनी नगरपालिका, ४ तातोपानीको फपरखेत स्थित घुमाउने भीरमा झरेको पहिरोले यातायात अवरुद्ध छ । पहिरोले ३ दिन यातायात अवरुद्ध भै विहिवार मात्र सडकमा यातायात खुलेको थियो । रातीको बर्षापछि फेरी पहिरो झरेको हो । घुमाउने भीरको पहिरो पनि बेनी–दरवाङ सडकमा नियमित दुख दिने पहिरो मध्य एक हो ।