FLASH NEWS
  • Loading...

म्याग्दीमा पहिरो विधुतका तारपोल ढलाउँदा, ग्रामिण वस्तीमा विधुत अवरुद्ध

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २५३६ पटक पढिएको
म्याग्दीमा पहिरो विधुतका तारपोल ढलाउँदा, ग्रामिण वस्तीमा विधुत अवरुद्ध

पहिरोले विधुतका तारपोल ढलाएपछि जिल्लाको उत्तरी भेगको अन्नपूर्ण गाउँपालिकामा विधुत आपूर्ति बन्द भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको दोवा, पाउद्धार, शिख, घोरेपानी, स्वाता, चित्रे, घार, खिवाङ, घराम्दी, हिस्तान, औला, काफलडाँडा, राम्चे, नागी समेतका बस्तीमा मंगलवार राती ११ बजेबाट विधुत आपूर्ति बन्द भएको हो । बेनी–जोमसोम सडक अर्न्तगत गलेश्वर–बेगखोला खण्डमा पर्ने सिरुवारी पहिरोले मात्र विधुत प्राधिकरणका ११ केभिए प्रसारण लाईनका ७ वटा तारपोल ढलाएको छ ।
मिलनचोकबाट बेनीहुँदै दाना सवस्टेसनमा जोडिएको ११ केभिए प्रशारण लाईनको रघुगंगा गाउँपालिका, २ सिरुवारीमा पहिरोले ७ वटा तारपोल ढलाएको र दानाबाट घारहुँदै बाग्लुङ सवस्टेसनमा जोडिएको ३३ केभिए प्रसारण लाईनको अन्नपूर्ण गापा, ५ घारखोला क्षेत्रमा ३ वटा तारपोल ढालेकोले विधुत आपूर्ति बन्द भएको नेपाल विधुत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।


प्राधिकरणका बेनी केन्द्र प्रमुख सत्यनारायण गामीका अनुसार पछिल्ला तिन दिनमा जिल्लाभर ११ केभिए प्रसारण लाइनका १० वटा, ३३ केभिए प्रसारण लाईनका ३ वटा र विभिन्न बस्तीमा वितरण गरिएको १४ वटा एलटि लाईन (वितरण लाईन)का तारपोल बाढीपहिरोले ढलाएको छ ।
‘मनसुन थप सकृय हुँदै जाँदा बाढीपहिरोले विधुतका तारपोल ढलाउने क्रम बढेको छ । अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा विधुत आपूर्ति अनियमित भएको छ’ प्राधिकरणका म्याग्दी प्रमुख गामीले भने, ‘जिल्लामा बाग्लुङबाट आउने ३३ केभिए र पर्वतको मिलनचोकबाट आउने ११ केभिए गरी दुई खाले प्रसारण लाईन भएकोले एउटामा समस्या आउँदा अर्कोबाट विधुत दिने गरेका छौं । दुवै लाईनमा समस्या आउँदा भने लामो समय विधुत आपूर्ति बन्द हुन सक्छ ।’