FLASH NEWS
  • Loading...

श्वास्थ्यचौकी र वृद्धाआश्रमसमेत २७ वटा खानेपानीमा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटियो

  • पुनहिल डट कम
  • १ महिना अघि
  • १६० पटक पढिएको
श्वास्थ्यचौकी र वृद्धाआश्रमसमेत २७ वटा खानेपानीमा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटियो

बेनी नगरपालिका, ९ मा पर्ने गलेश्वरधामस्थित गलेश्वर जेष्ठनागरिक आश्रम तथा जोडिएको गलेश्वर सामुदायीक स्वास्थ्य इकाई समेत दर्जनबढी स्वास्थ्यचौकीको धाराको खानेपानीको नमुना परिक्षण गर्दा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटिएको छ ।
गलेश्वर जेष्ठनागरिक आश्रम तथा जोडिएको गलेश्वर सामुदायीक स्वास्थ्य इकाईमा प्रयोग भैरहेको खानेपानीको धाराको पानीको बेनी अस्पतालको ल्यावमा परिक्षण गर्दा इ–कोली काउन्ट एक सयबढी भेटिएको थियो । स्वास्थ्य कार्यालयले चालु आवमा बेनी नगरपालिका समेत जिल्लाका ५ वटा पालिकाका ५९ वटा खानेपानीको नमुना संकलन गरी ल्याव परिक्षण गर्दा २७ वटामा कोलीफर्म (इ–कोली) फेला परेको हो ।
स्वास्थ्य कार्यालय म्याग्दीले स्थानीय स्वास्थ्यचौकीमा झाडापखला तथा पेट सम्बन्धी समस्या लिएर उपचार गर्न आउने विरामीको संख्याको आधारमा ति विरामीले पिउने पानीको नमुना लिएर बेनी अस्पतालमा रहेको ल्यावमाा परिक्षण गर्दा कोलीफर्म (इ–कोली) भेटिएको जनाएको छ ।
स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार धवलागिरी गाउँपालिकाको मुदी स्वास्थ्य चौकीसमेत ३ वटा खानेपानीको नमुना परिक्षण गर्दा ३ वटैमा कोलीफर्म भेटिएको थियो । त्यस्तै मालिका गाउँपालिकाको विम श्वास्थ्य चौकी, रुम हेल्थपोष्ट, अदीवरा खानेपानी आयोजनाको मुल समेत ८ वटा खानेपानीको नमुना परिक्षण गर्दा ७ वटामा इ–कोली भेटिएको छ ।
त्यस्तै बेनी नगरपालिकाको गलेश्वर जेष्ठनागरिक आश्रम, गलेश्वर सामुदायीक स्वास्थ्य इकाई, सिङ्गा तातोपानी, खालीखोला मुल तातोपानीबजार समेत १६ वटा पानीको नमुना परिक्षण गर्दा ९ वटामा इकोली फेला परेको हो । बेनी बजारमा वितरित खानेपानीको नमुना नलिईएको स्वास्थ्य कार्यालयले जनाएको छ । रघुगंगा गाउँपालिकाको पिप्ले बगैचा स्वास्थ्य चौकीी, बेग स्वास्थ्यचौकी समेत १४ वटा खानेपानी नमुना परिक्षण गर्दा ५ वटामा र अन्नपूर्ण गाउँपालिकाको १८ वटा नमुना परिक्षण गर्दा ३ वटा खानेपानी नमुनामा कोलीफर्म फेला परेको हो ।
बेनी नगरपालिकाका ४७ वटा खानेपानीको नमुना परिक्षण गर्दा १४ वटा नमुनामा दिसामा हुने किटाणु ‘कोलिफर्म’ भेटिएको थियो । त्यस्तै,रघुगंगा गाउँपालिकामा २२ वटा खानेपानीको नमुना परिक्षण गर्दा ७ वटामा, मंगला गापाको ७ वटा नमुना परिक्षण गर्दा ४ वटामा, मालिका र धवलागिरीका ८–८ वटा खानेपानीका नमुना परिक्षण गर्दा ४–४ वटामा कोलीफर्म फेला परेपछि सम्बन्धीत स्थानिय तह र सम्बन्धीत स्वास्थ्यचौकी मार्फत खानेपानी उपभोक्तालाई ति खानेपानीको धाराको पानी पिउन अयोग्य रहेको भनी जानकारी गराइएको छ । अन्नपूर्ण गाउँपालिकाका १९ वटा खानेपानीका नमुना परिक्षण गर्दा कुनैमा पनि कालीफर्म फेला नपरेको पनि स्वास्थय कार्यालयले जनाएको छ ।
‘कार्यालयसँग यो वर्ष झाडापखला र पेटका धेरै विरामी आईरहने वस्तीमा खानेपानीको नमुना संकलन गरी पानी परिक्षण गर्दा जिल्लाभरीको अधिकांश खानेपानीमा ‘कोलिफर्म’ देखिन्छ’ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले भने, ‘गलेश्वर जेष्ठ नागरिक आश्रम, गलेश्वर सामुदायीक स्वास्थ्य इकाईको खानेपानीमा गत वर्षपनि इकोली फेला परेपछि सचेत गराएका थियौं । धेरै ठाउँमा खानेपानी गुणस्तर सुधार्न चासो राखेको देखिएन ।’ ठकुराठीले थपे, ‘यस पटक खानेपानी परिक्षणको रिपोर्ट समेत विवरण सम्बन्धीत स्थानीय तहलाई दिएर सचेत पनि गराएका छौं ।’