FLASH NEWS
  • Loading...

अाज रातीदेखी शनिवारसम्म भारी वर्षाकाे जाेखिम

  • पुनहिल डट कम
  • १ महिना अघि
  • २०१ पटक पढिएको
अाज रातीदेखी शनिवारसम्म भारी वर्षाकाे जाेखिम

बुधवार रातीदेखी शनिवार विहानसम्ममा अधिकांश क्षेत्रमा भारीदेखी अतिभारी वर्षाकाे संभावना देखिएकाे छ ।

जल तथा माैषम विज्ञान विभागले वुधवार साँझ विशेष माैषम वुलेटिन प्रकाशित गरी मिति २०८१-०३-२६ गतेको रातीदेखि मिति २०८१-०३-२९ गतेको बिहानसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।