FLASH NEWS
  • Loading...

पहिरोले फापरखेत र बैसरीमा यातायात अवरुद्ध

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १६६४ पटक पढिएको
पहिरोले फापरखेत र बैसरीमा यातायात अवरुद्ध

फाइल फाेटाे ः बैसरी पहिराे ।

शनिवार राती परेको भारी वर्षापछि आएको पहिरोले बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा पर्ने रघुगंगा गाउँपालिका, २ बैसरीमा पहिरोले यातायात अवरुद्ध भएको छ ।
त्यसैगरी सदरमुकामबाट पश्चिम बेनी–दरवाङ सडकमा पर्ने बेनी नगरपालिका, ४ फापरखेत र मंगला गाउँपालिका, २ सिमलचौर विचको घुमाउने भीरमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीका अनुसार बर्षा रोकिएकोले केही घन्टामा पहिरो पन्छ्याउन ेगरी स्काभेटर परिचालन गरिएको छ ।
बेनी–जोमसोम सडकको बैसरी र बेनी–दरवाङको फापरखेत स्थित घुमाउनेभीर अति जोखिमयुक्त पहिरा हुन ।