FLASH NEWS
  • Loading...

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती ः म्याग्दीमा अन्तर मावि वक्तृत्वकला प्रतियाेगिता र पदमार्ग सफाइ

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १४२ पटक पढिएको
जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती ः म्याग्दीमा अन्तर मावि वक्तृत्वकला प्रतियाेगिता र पदमार्ग सफाइ

जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीकाे अवसर पारेर नेकपा एमाले म्याग्दीले शुक्रवार बेनीमा ‘जनताकाे बहुदलीय जनवाद र मदन भणडारी ’ विषयक अन्तर मावि वक्तृत्वकला प्रतियेगिता अायाेजना गरेकाे छ ।

प्रतियाेगितामा बेनी सामुदायीक माविका अभिशेक पाैडेल पहिलाे, गलेश्वर अादर्श अावसिय माविकी दिपिका पुरी दाेस्राे, प्रकाश मावि बेनीकी सूचना पुन तेस्राे र लिटल गार्नेन एकेडेमीकी दिक्षा पाैडेलले सान्ताेना बने । प्रतियाेगितामा जिल्लाका ९ वटा माध्यामिक तहका विद्यालयका विद्यार्थीले एमालेका अधिकांश कार्यकर्तालाइ माथ खुवाउने शैलीमा उत्कृष्ट वक्तित्व क्षमतासहित प्रर्तिस्पर्धा गरेका थिए ।

जननेता भण्डारीकाे जन्माेत्सव मनाउने गरी अायाेजित प्रतियाेगितामा नेकपा एमाले केन्द्रीय सदस्यद्वय भुपेन्द्र थापा, नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सदस्य हरीकृष्ण श्रेष्ठसमेत एमाले नेता कार्यकता सहभागी थिए ।

त्यसैविच अखिल नेपाल महिला संघ म्याग्दीले जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीकाे अवसर पारेर बेनी-लभ्लीहिल पदमार्ग सरसफाइ गरेकाे जनाएकाे छ ।

विसं २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाकाे ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारीकाे विसं २०५० जेठ ३ गते सङ्गठन विभागका तत्कालिन प्रमुख जीवराज आश्रितसँगै पोखराबाट चितवन कार्यक्रममा जाने क्रममा दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

विसं २०२८ सालमा पुष्पलाल श्रेष्ठसँगकाे भेटपछि राजनीतिमा लागेका भण्डारी २०२९ सालमा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चाको केन्द्रीय सदस्य बने। २०३० सालमा पार्टीको पूर्णकालीन कार्यकर्ता भए।

२०३३ सालमा मुक्तिमोर्चा समूहको निर्माण र पुष्पलालको पार्टीसँग विद्रोह गरी २०३४ सालमा नेकपा (माले)को स्थापना हुनुभन्दा पूर्वको ‘को-अर्डीनेशन केन्द्र’मा आवद्ध भएका उनी २०३५ सालमा नेकपा (माले)काे स्थापनासँगै केन्द्रिय सदस्य बनेका थिए ।

२०४१ साल वैशाखमा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशनमा महासचिव बने। २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने। २०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

विश्वमा क्रान्तिद्वारा स्थापित कम्युनिस्ट सत्ताहरू धमाधम ढलिरहेको र कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा मदन भण्डारीकाे उदयसँगै मार्क्सवादको सिर्जनात्मक प्रयोग हरेक देशले आफ्नो अनुकूल गर्नुपर्छ भन्ने मान्यताका आधारमा जनताको बहुदलीय जनवाद मार्फत नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिएका थिए ।

विश्व कम्युनिष्ट तथा नेपाली कम्युनिष्टहरूले हतियारबन्द आन्दोलन नै कम्युनिस्टहरूको एकमात्र बाटो हो भन्ने भाष्यमाथि जबर्जस्त र प्रभावकारी हस्तक्षेप मदन भण्डारीले जनताको बहुदलीय जनवादकाे शिद्धान्त प्रतिपादन गरेका छन । कुनै बेला ‘राज्यसत्ता बन्दुकको नालबाट निस्किन्छ’ भन्ने माओको उक्तिलाई आदर्श मानेर बन्दुक बोकेर राज्यसत्ता कब्जा गर्न हिंडेको माओवादी १० वर्षमा थाकेर मदन भण्डारीले देखाएकै बाटोमा आइपुग्नुले जनताकाे बहुदलिय जनवादकाे शिद्धान्तकाे सान्दर्भिकता थप पुष्टि गरेकाे छ ।

मदन भण्डारीले अघि सारेको र नेकपा (एमाले) ले मार्गदर्शक सिद्धान्त मानेकाले जस्तो तस्तै स्वीकार्न गाह्रो माने पनि एमालेसँग एकता हुँदा माओवादीले जनताको बहुदलीय जनवादको रूप र सार दुवै स्वीकार गरेको दस्तावेज सुरक्षित छन्  ।