FLASH NEWS
  • Loading...

म्याग्दीका १२ सामुदायीक विद्यालयको नतिजा शुन्य

  • पुनहिल डट कम
  • २ महिना अघि
  • २२०६ पटक पढिएको
म्याग्दीका १२ सामुदायीक विद्यालयको नतिजा शुन्य

माध्यामिक शिक्षा परिक्षा (एसईइ) परिक्षामा म्याग्दीका १२ वटा विद्यालयको नतिजा शुन्य (सवै ननग्रेड) हाँसिल गरेका छन ।
शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापाका अनुसार बेनी नगरपालिकाको भानु माध्याािमक विद्यालय, रत्नेचौर, सदरमुकामको उज्यालो बैकल्पिक विद्यालय र खुल्ला विद्यालयबाट एसईइ परिक्षामा सहभागी विद्यार्थीको नतिजा ननग्रेड अर्थात शन्य भएको छ ।
त्यस्तैगरी अन्नपूर्ण गाउँपालिकाको हिमाञ्चल मावि नागी र पाउद्वार मावि पाउद्वार, रघुगंगा गाउँपालिकाका महादेव मावि बेग, जनता मावि, दग्नाम, मंगला गाउँपालिकाको शारदा मावि छिस्वाङ, मालिलका गाउँपालिकाका गौबमबस्त मावि देविस्थान र निस्कोट मावि निस्कोट र धवलागिरी गाउँपालिकाका लम्सुङ मावि लुलाङ र किसानीचन्द्रकान्त मावि ताकमधारापानीको परिक्षार्थी ननग्रेड बन्दा विद्यालय निल बनेका छन ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा एसईई परिक्षामा सहभागी ७५ विद्यालय मध्य बेनीको लिटल गार्डेन एकेडेमी र मंगला गापाको डनिङ बोडिङबाट सहभागी सत प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गरेका छन । बाँकी ७३ विद्यालयका विद्यार्थी कुनै न कुनै विषयमा ननग्रेड बनेका छन ।
त्यसैविच म्याग्दीको समग्र एसईई परिक्षामा सदरमुकाम बेनी स्थित लिटल गार्डेन एकेडेमीकी विदिशा सुवेदीले ३.८६ ग्रेडसहित जिल्ला पहिलो र सदरमुकाम बेनीकै प्रकाश माविका सुधन घिमिरेले ३.८३ ग्रेड लिएर सामुदायीक विद्यालय तर्फ पहिलो बनेका छन । सामुदायीक विद्यालय तर्फ प्रकाश माविकी सुजना श्रष्ठले ३.७९ ग्रेड पाएर पहिलो बनेकी छिन ।