FLASH NEWS
  • Loading...

अन्नपूर्ण गाउँपालिकाको बजेट ५३ करोड २४ लाख, बजेट अध्ययन गर्न असार १२ गतेसम्म अधिवेशन स्थगित

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १९५ पटक पढिएको
अन्नपूर्ण गाउँपालिकाको बजेट ५३ करोड २४ लाख, बजेट अध्ययन गर्न असार १२ गतेसम्म अधिवेशन स्थगित

अन्नपूर्ण गाउँपालिकाले आव ०८१/०८२ कालागी ५३ करोडबढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिका गाउँसभाको १९ औं अधिवेसनमा उपाध्यक्ष दीवाकुमारी तिलिजाले संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजाद समेतगरी कुल ५३ करोड २४ लाख ४३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी छिन ।
बजेट सार्वजनिक गर्नु अघि अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले पेश गरेको नीति तथा कार्यक्रम अधिवेशनले सर्वसम्मत पास गरेको थियो ।
बजेटमाथी सभासदहरुले अध्ययनकालागी ७२ घन्टाको समयावधी तोकेर असार १२ गतेसम्मकालागी अन्नपूर्ण गाउँ अधिवेशन स्थगित गरिएको छ । आज सार्वजनिक बजेटमाथी १२ गते बस्ने अधिवेशनमा निर्णयार्थ प्रस्तुत हुने गरी सभाध्यक्ष भारतकुमार पुनले अधिवेशन स्थगत गरेका हुन ।


तिलिजाले सार्वजनिक गरेको बजेटमा चालु (प्रशासनीक खर्च) तर्फ ३४ करोड ८५ लाख ५ हजा (६५ दशमलव ४५ प्रतिशत) र पुँजीगत (विकास खर्च) तर्फ १८ करोड ३९ लाख ३८ हजार (३४ दशमलव ५५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
बजेटमा संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ करोड ४७ लाख, राजश्व वाँडफाँडबाट ८ करोड ८५ लाख हजार, ससर्त अनुदान २१ करोड १६ लाख १७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै बजेटमा गण्डकी प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान ८७ लाख १२ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, सवारी करबाट १ करोड १ लाख ६३ हजार, आन्तरिक राजश्वबाट १ करोड ७३ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको बजेटमा सामाजिक विकासका शिक्षा, श्वास्थ्य, युवा, कलासंस्कृति तर्फ २२ करोड ४९ लाख ८५ हजार (४२ दशमलव २६ प्रतिशत) र लैंङ्गीक समावेशीकरण तर्फ ७४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी भौतिक विकासका सडक, खानेपानी, भवन आदी तर्फ १३ करोड ५७ लाख १८ हजार (२५ दशमलव ४८ प्रतिशत), आर्थिक विकासका क्षेका कृषी, पशुपालन, पर्यटन, लघुउद्यम, श्रम, सहकारी, सूचना तथा संञ्चार, वातावरण, विपद, सुशासन आदी क्षेत्रमा २ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले यस बजेटमा उल्लेख्य आन्तरिक पर्यटन प्रर्वद्धन गर्न जनप्रतिनिधी अध्ययन तथा कर्मचारी पर्यटन काज तर्फ २२ लाख बजेट विनियोजन गरेको छ ।
यस वर्ष अन्नपूर्ण गाउँपालिकाले ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दिगो कृषी, पर्यटन, उर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मुल नाराकासाथ पालिकाबासीको आर्थिक समृद्धि र विकासको चाहना पुरा गर्ने तीति लिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले यस आवमा प्रत्यक शुक्रवारलाई पुस्तकरहित विद्यालय बनाउने, टेलिटिचिङ एण्ड टेलिलर्निङ कार्यक्रम संञ्चालन गर्ने, खेल्छ अन्नपूर्णलाई नारालाई अझ जोड दिने जस्ता कार्यक्रम तय गरेको छ ।