FLASH NEWS
  • Loading...

कोशी, बागमती र गण्डकी प्रदेशकाे एक दुइ स्थानमा भारी वर्षाको चेतावनी

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १३९ पटक पढिएको
कोशी, बागमती र गण्डकी प्रदेशकाे एक दुइ स्थानमा भारी वर्षाको चेतावनी

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम साथै एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हल्कादेखि मध्यम वर्षाको र एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।