FLASH NEWS
  • Loading...

मंगला गाउँपालिकाको बजेट ४९ करोड

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १८४ पटक पढिएको
मंगला गाउँपालिकाको बजेट ४९ करोड

म्याग्दीको सवै भन्दा सानो भुगोल भएको मंगला गाउँपालिकाले आव ०८१/०८२ कालागी ४९ करोडबढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगला गाउँपालिका गाउँसभाको १८ औं अधिवेउपाध्यक्ष प्रेमकुमारी क्षत्रीले संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजाद समेतगरी कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन ।
बजेटमा संघिय पुँजीगत अनुदान ससर्त १ करोड, ९० लाख, संघिय विषेश २ करोड ६५ लाख, समपुरक ३ करोड ९० लाख, समानीकरण ८ करोड ५ लाख र संघिय ससर्त अनुदान चालु तर्फ १९ करोड ६९ लाख ३१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश तर्फ बिशेष अनुदान ४० लाख, समपुरक ६० लाख, समानीकरण ९६ लाख ५१ हजार आय अनुमान गरिएको छ । पालिकाको बजेटले राजश्व बाँडफाँडबाट ७ करोड ५८ लाख ७९ हजार ७ सय ८४ रुपैयाँ, वन रोयल्टी २१ हजार ३ सय ६९, पर्वतारोहण रोयल्टी ९६ हजार ८ सय ४७ रुपैया तथा गण्डकी प्रदेश राजश्वबाट ६० लाख ४ हजार आय हुने अनुमान गरेको छ ।
मंगला गाउँपालिकाले यो वर्ष १ करोड ८० हजार आन्तरिक आय गर्ने अनुमान गरेको छ ।


मंगला गाउँपालिकाले आव ०८१/८२ मा चालु तर्फ २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुँजीगत तर्फ १९ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । क्षेत्रगत रुपमा सामाजिक विकासको शिक्षा तर्फ १७ करोड ७६ लाख ५ हजार, श्वास्थ्य तर्फ २ करोड ७ लाख ९४ हजार, युवाखेलकुद तर्फ ३३ लाख ५० हजार, संस्कृति तर्फ ३ लाख, लैङ्गीक समावेशिकरणमा १५ लाख ९० हजार, सामाजिक सुरक्षामा ३१ लाख ९५ हजार, खानेपानी तर्फ २२ करोड २ लाख ६४ हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरी आर्थिक विकास तर्फ कृषीमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योगमा २४ लाख, सिंचाईमा १ करोड २३ लाख ४७ हजार विनियोजन भएको छ । पूर्वाधार तर्फ मंगला गापाले यातायात तर्फ १० करोड ५३ लाख, भवन, आवास तथा सहरी विकासमा १६ करोड ६० लाख बजेट विनियोजन भएको छ । त्यस्तै, कार्यालय तथा प्रशासनीक खर्च तर्फ ५ करोड ८० लाख १० हजार ८ सय, सुशासन तथा सम्बन्धीतमा ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरेको छ ।
मंगला गाउँपालिकाको ०८१ असार ७ गते शुक्रवार आयोजना भएको गाउँसभाको १८ अधिवेशनमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ ।
अध्यक्ष रोकाले प्रस्तुत गरेको निती तथा कार्यक्रममा ‘योग्य, क्षमतावना नागरिक उत्पादनकालागी गुणस्तरिय शिक्षामा सवैको पहुँच’, सक्षम र जिम्मेवार शिक्षक, लगनशिल विद्यार्थी, ब्यवस्थित विद्यालय, युवा पलायन रोक्न ‘विदेश होईन बिजनेस’ भन्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सुत्केरीसंग उफाध्यक्ष कार्यक्रम, अध्यक्षसँग सहायता कार्यत्रम अर्न्तगत मुटु, मृगौला, क्यान्सर, एड्स जस्ता घातक रोग लागेका विरामी तथा विपन्न विरामीलाई सहयोग गर्ने नीति तथा कार्यक्रम बनाएको छ ।
मंगला गाउँपालिकाले उपभोक्ता समिति मार्फत संञ्चालन गरिने कार्यक्रममा कार्यरत रहने १५ जना श्रमिकको सामुहिक दुर्घटना विमा गर्ने नीति लिएको छ । त्यस्तैत्यसैगरी उत्पादनशिल र ब्यवसायीक कृषी, एक वस्ती, एक उद्यम, एक ब्यक्ति एक सीप जस्ता मुख्य २१ वटा पालिकाको मुख्य थिम तय गरेको छ ।