FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको बजेट करिव ७३ करोड

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १५६ पटक पढिएको
बेनी नगरपालिकाको बजेट करिव ७३ करोड

म्याग्दी सदरमुकाम रहेको बेनी नगरपालिकाले आव ०८१/०८२ को आयब्यय विवरण, निती, कार्यक्रम एवं आर्थिक विधयक सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा असार ७ गते आयोजित बेनी नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनमा उपप्रमुख ज्योती लामिछानेले संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजादगरी कुल ७२ करोड ७८ लाख १३ हजारको बजेट सार्वजनिक गरेकी हुन ।
बेनी नगरपालिकाको आव ०८१/८२ को बार्षिक आयब्ययको विवरणमा कुल बजेटको ६९ प्रतिशत चालु (प्रशासनीक) तर्फ र पुँजीगत (विकास तर्फ) ३१ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । नगरपालिकाले आगामी बर्ष आन्तरिक आय जम्मा ५ करोड मात्र हुने प्रक्षेपण गरेको छ ।

बजेटमा आर्थिक विकास तर्फ ३ करोड ४१ लाख ३५ हजार, कृषी तर्फ ६२ लाख ६० हजार, पशुपंक्षी तर्फ ४७ लाख १० हजार, सिंचाई, खानेपानी तर्फ ४९ लाख, उद्योगमा १८ लाख, पर्यटन प्रर्वद्धनमा १ करोड ४ लाख, रोजगार प्रर्वद्धनमा ९ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै सामाजिक विकास तर्फ नगर तथा वडा योजनकालागी ३८ करोड ८८ लाख २९ हजार, शिक्षा, खेलकुद तर्फ २ करोड ३५ लाख, स्वास्थ्य तर्फ ५९ लाख ५० हजार बजेट विनियोजन भएको छ । पूर्वाधार विकास तर्फ कुल बजेटको २१ प्रतिशत बजेट रहेको छ ।
सुशासन तर्फ भने कार्यालय तथा वडा कार्यालय ब्यवस्थापन, कर्मचारी, जनप्रतिनिधी सुविधामा १२ करोड ३१ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

बजेट सार्वजनिक हुनु अघि बेनी नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको आव ०८१/८२ को बजेट नीति तथा कार्यक्रम पेस भै सभाबाट पारित भएको थियो ।
बेनी नगरपालिकाको निती तथा कार्यक्रममा कृषी, पशुपंक्षी तर्फ ‘कृषी उत्पादनमा बृद्धि ः बेनी नगरको समृद्धि’ नारा तयगरी निशुल्क कृषी तथा पशु वीमा कार्यक्रम लागु गर्ने भएको छ ।
त्यस्तै वडा विशेष उत्पादनमा वडा नं १ ले तेलहन तथा तरकारी, २ ले केरा, चिया, तरकारी, ३ ले सुन्तला,आलु, किवी खेती, ४ ले खाद्यान्न, तरकारी, ५ ले खाद्यान्न तथा फलफुल, ६ ले दुध, ७ ले मासु ८ ले अण्डा, ९ ले टिमुर, सुन्तला, केरा र १० ले आलु खेतीमा जोड दिने उल्लेख छ ।
त्यस्तै विद्यालयमा वी क्यान वी डू, एक वडा एक पर्यटन परियोजना, समृद्ध पर्यटकीय बेनी नगर, प्रशिक्षित अध्यापक ः प्रतिस्पर्धी प्रधानअध्यापक, ग्रीन स्कुल, क्लीन स्कुल, जेष्ठ नागरिकको घरघरमा स्वास्थ्यकर्मी, नसर्ने रोगको निशुल्क परीक्षण, शान्ति पार्कमा साहित्य डबली बनााउने समेतका कार्यक्रम बनेका छन ।