FLASH NEWS
  • Loading...

प्रकाश मावि ब्यवस्थापन समिती अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १३५ पटक पढिएको
प्रकाश मावि ब्यवस्थापन समिती अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन ।

बिहीबार सम्पन्न अभिभावकहरुको भेलाबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय सर्वसम्मत विद्यालय व्यवस्थापन समिति चयन गरिएको हो । जिल्लाकै जेठे प्रकाश माविका पूर्व विद्यार्थी रहेका अध्यक्ष श्रेष्ठ दुइ दशक लामाे समयदेखी विद्यालय ब्यवस्थापन समितीकाे सदस्य र केही बर्षदेखी कार्यवाहक अध्यक्षके रूपमा रहँदै अएका थिए ।

भेलाबाट विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सृजना श्रेष्ठ, भगवती शर्मा, शान्ति शर्मा पौडेल, श्रीप्रसाद आचार्य, भूपेन्द्र बुढाथोकी, पदेन सदस्यमा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, शिक्षक प्रतिनिधिमा जयराम सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमाल चयन भएका छन ।

यसैगरी अभिभावकहरुको भेलाबाट लिलाराम गौतमको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय शिक्षक अभिभावक संघको गठन भएको छ । सदस्यहरुमा गंगादेवी शर्मा, अंकित थापामगर, शान्त रानामगर पाईजा, टोपबहादुर कार्की, ईन्दिरा आचार्य, विष्णु सुवेदी आचार्य, लक्ष्मीकुमारी जोशी, पदेन सदस्यमा विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रअ लेखबहादुर हमाल र सदस्य सचिव तथा शिक्षक प्रतिनिधिमा नारायणप्रसाद ढुङ्गाना रहेका छन ।