FLASH NEWS
  • Loading...

कालिगण्डकी नदीमा, देवशिला संरक्षण अभियान ?

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १६२ पटक पढिएको
कालिगण्डकी नदीमा, देवशिला संरक्षण अभियान ?

शालिगग्राम शिला पाइने कालीगण्डकी नदी संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ ।

जिल्लाको बेनी नगरपालिका–९ प्रमुख धार्मिक स्थल गलेश्वरका स्थानीय र बेनी बजारका स्थानीयले संयुक्त रुपमा शालिग्राम संरक्षण अभियानमा जुटेका हुन् ।

गलेश्वर मन्दीर मुनी कालीगण्डकी नदीबाट महिनैंसम्म डाेजर, स्काभेटर प्रयेगगरी नदीजन्य पदार्थ (शालिग्राम समेत)उत्खनन गरी लैजाँदासम्म माैन बसेका अतिवादी भक्तजनहरू मनसुन सुरू भै कालीगण्डकीमा जलसतह बढ्न थालेसँगै संरक्षण अभियानमा निक्लेका हुन ।

हिन्दुधार्मिक विश्वास र शास्त्रहरूमा शालिकग्राम शिलालाइ भगवान विष्णुकाे स्वरूपकाे रूपमा ब्याख्या गरिन्छ । शालिकग्राम बग्ने कालीगण्डकी (गंगा)लाइ भगवान विष्णुकी अविवाहित पवित्रा प्रेमिका मानिन्छ अनि भगवान रामलाइ विष्णुकाे अवतार मानिन्छ । गत वर्ष अयाेध्यामा निर्मित राममन्दीरमा राख्ने भगवान रामकाे वाल अवतार मुर्ति राख्न गलेश्वरभन्दा केहि तल कालीगण्डकी नदीबाट देवशिला लगिएकाे थियाे । अहिले उक्त स्थानलाइ रामघाटकाे रूपमा विकास गर्न खाेजिएकाे छ ।

सामान्यतया शालिकग्राम शिला कालाे रंगकाे, साना अाकारमा रहेका चक्राकार हुन्छन । र परम्परादेखी यीनै चक्राकार शिलालाइ शालीगग्रामकाे रूपमा पुज्य हुँदै अाएका भएपनि अहिले कालीगण्डकी नदीका सवै ढुङ्गा देवशिला भन्न थालिएकाे छ । उनीहरूले कालीगण्डकी र शालिकग्राम संरक्षणमा निक्लेका अभियन्ताहरूले नदी किनारका ढुङ्गाहरूमा ऊँ नमः शिवाय, जय शिवालय जस्ता देवनाम लेखेर संरक्षण गरेका हुन । कालीगण्डकीका देवशिलाहरूमा धर्म हाेड चलेकाे अाभास हुन थालेकाे छ ।