FLASH NEWS
  • Loading...

गण्डकी यू-१९ महिला भलिबलको उपाधी म्याग्दीलाइ

  • पुनहिल डट कम
  • २ महिना अघि
  • १२४ पटक पढिएको
गण्डकी यू-१९ महिला भलिबलको उपाधी म्याग्दीलाइ

गण्डकी प्रदेशस्तरीय यू–१९ महिला भलिबल खेलाडी छनौट प्रतियोगितामा म्याग्दीले उपाधी हात पारेको छ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रियस्तरको महिला तथा पुरुष यू–१९ भलिबल प्रतियोगिताका लागि आयोजित छनौट खेलमा कास्कीलाई पराजित गदैं उपाधी जितेको हो ।

पहिलो सेट १८–२५ ले पराजित भएको म्याग्दीले दोस्रो सेटमा कास्कीलाई अन्तिम अंकमा रोक्दै २४–२६ ले म्याग्दीले हात पारेको थियो । अन्तिम सेटमा १२–१५ ले म्याग्दी विजय भएको जिल्ला भलिबल संघले जनाएको छ ।

प्रतियेगितामा म्याग्दी टिममा रिक्जना बोटे, समिक्षा थापा, सुजता पुन, भावना छन्त्याल, कमला पाईजा,नरदेवी छन्त्याल,यामुना पाईजा र यन्जी पुन र सुरक्षा तिलिजा र सजिना बुढाथोकीको सहभागिता रहेको थियो ।

सहाना प्रधान स्मृति प्रतिष्ठानको आयोजना र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा यहि असरा ९ गते देखि १६ गते सम्म काठमाण्डौमा ‘यू–१९ महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सञ्चालन हुने छ ।